समाचार

महोत्तरीमा भैसी र कोट पाइन्ट नदिएको भन्दै २२ बर्षिया सुनिलाको लिए ज्यान !

महोत्तरीमा भैसी र कोट पाइन्ट नदिएको भन्दै २२ बर्षिया सुनिलाको लिए ज्यान !

महोत्तरी – एक महिलाले दाइजोकै कारण ज्यान गुमाएकी छन् । महोत्तरीको सम्सी गाउपालिकी २२ बर्षिय सुनिला यादबलाई दाइजोका कारण उनका परिवारले ह त्या गरेको आरोप माइती पक्षले लगाएका छन् । उनी असार १४ गते आफ्नै घरमा मृत भेटिएकी हुन ।

बर्दिबास १० की सुनिलाको सम्सी गाउपालिका सञ्जिव यादवका साथमा २०७१ सालमा विवाह उनलाई धेरै पटक श्रीमान र परिवारका सदस्यले दाइजोको निउँमा बारम्बार या-तना दिने गरेको स्थानियले बताएका छन् । श्रीमानले ससुरालीले राम्रो सुट पाइन्ट नदिएको भन्दै सुनिलाई या’तना दिने गरेका थिए । ससुराले पनि दाइजो स्वरुप भैसी माग गरेको सुनिलाको माइतीको दावी छ ।

उनका ५ वर्षका छोराले पनि आफ्ना बुवाले आमालाई कु-टपिट गरेको देखेको बयान

असार १३ गते राती पनि सुनिलाका श्रीमान सन्जिब यादब र ससुरा महेश राय यादबले उनलाई कु-टपि-ट गरेको बताइएको छ । उनका ५ वर्षका छोराले पनि आफ्ना बुवाले आमालाई कु-टपिट गरेको देखेको बयान दिएका छन् । छोरीको ह त्या भएको भन्दै माइती पक्षले प्रहरीमा किटानी जाहेरी दिएका छन् ।

सुनिलाको कपडा च्या’तिएको, शरिरभरी नि’लडा-म, बायाँ तर्फको अँखामा ग’म्भीर चो-ट देखिएको र घटनास्थल वरपर भाँ-चिएका लठ्ठी समेत रहेको स्थानियले बताएका छन् । परिवारको या-तना सहन नसकेर केही दिन अघि मात्र उनले माइतमा फोन गरेर अब आफु आफै आत्मनिर्भर भएर बाँच्ने निष्कर्षमा पुगेको भन्दै सुनाएकी थिइन् ।

सुनिलाका दाइ बिष्णुले बहिनीले फोनमा अब घर परिवारको या-तना सहेर बस्न नसक्ने भन्दै आत्मनिर्भर भएर बस्छु भनेको स्मरण गरेका छन् । सुनिलाको श व पो ष्टमार्टमका लागी पठाएको र अनुसन्धान भैइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७