मुख्य समाचार

परामर्शका लागि प्रधानमन्त्रीले मन्त्रीहरुलाई बोलाए बालुवाटार

परामर्शका लागि प्रधानमन्त्रीले मन्त्रीहरुलाई बोलाए बालुवाटार

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक परामर्शका लागि मन्त्रीहरुलाई बालुवाटार बोलाएका छन् । मंगलबार पार्टीको स्थायी समिति बैठकमा शीर्ष नेतासहित १७ जनाले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिन माग गरेपछि बुधबार बिहान प्रधानमन्त्री ओली राजनीतिक परामर्शका लागि मन्त्रीहरुलाई बोलाएका हुन् ।

साढे दुई वर्षदेखि सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली स्वेच्छाचारी ढंगले अघि बढ्न खोजेको भन्दै पार्टीको मुख्य कमान्ड मानिने सचिवालयका पाँच प्रमुख नेताहरूले स्थायी कमिटी बैठकमै उनको राजीनामा मागेका थिए ।

नौ सदस्यीय सचिवालयमा रहेका अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठसहित मंगलबार बोल्ने अन्य १२ स्थायी कमिटी सदस्यले पार्टी र सरकार दुवैबाट ओलीको राजीनामा मागेका हुन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७