मुख्य समाचार

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पोखरा : मंगलबार राति १२ बजेबाट लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । मंगलबार निगमले पेट्रोलमा पाँच, डिजेल र मट्टीतेलमा दुई रुपौया मूल्य बढाएको हो । मूल्य बढेसँगै अब पेट्रोल १०१ र डिजेल ८७ रुपैयाँ पर्नेछ ।

इन्डियन आयल कार्पोरेसनले पेट्रोलमा प्रतिलिटर ४.७७ रुपैयाँ, डिजेलमा प्रतिलिटर ५.८० रुपैयाँ, हवाई इन्धनमा प्रतिलिटर ६.०६ रुपैयाँ मूल्य बढाएर सूची पठाएपछि नेपालमा पनि मूल्य बढाउनु परेको निगमले बताएको छ ।

निगम प्रवत्ता विनितमणि उपाध्ययका अनुसार एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७