समाचार

बिहेको दुइ दिनमै सिन्दुर पुछियो, जन्ती गएका ५१ जनामा कोरोना संक्रमण

बिहेको दुइ दिनमै सिन्दुर पुछियो, जन्ती गएका ५१ जनामा कोरोना संक्रमण

अटेर गरेर बिहे गर्दा बिहेकै २ दिनमा एक युवती बिधवा बनेकी छन्

भारतमा लागू भएकाे लकडाउनकाे समयमा सरकारले भिडभाड नगर्न आग्रह गरि नै रहेको छ । तर अटेर गरेर बिहे गर्दा बिहेकै २ दिनमा एक युवती बिधवा बनेकी छन् । यो खबर भारतको विहार राज्यको पटनाको हो ।

गत जुन १५ मा सफ्टवेयर इन्जिनियरसमेत रहेका ३० वर्षीय एक युवकको विवाह भएको थियो

कोरोना भाइरसको जस्तो लक्षण देखिएका ३० वर्षीया बेहुलाको विवाह भएको दुई दिनपछि मृ’त्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार गत जुन १५ मा सफ्टवेयर इन्जिनियरसमेत रहेका ३० वर्षीय एक युवकको विवाह भएको थियो ।

विवाह भएको दुईदिनपछि नै उनको मृ’त्यु भएको थियो । उनलाई कोरोना भाइरससँग मिल्दो लक्षणहरु पनि देखिएका थिए । तर, परिवारले अधिकारीहरुलाई खबर नै नगरी अन्त्येष्टि गरेका थिए ।

यो घ’टनाको पुष्टि गर्दै पटनाका डिस्ट्रिक मेजिस्ट्रेट (डीएम) कुमार रविले विवाहपछि बेहुलाको मृ’त्यु भएको सूचनासहितको फोन आएको सूचना आएको बताए ।

बेहुला गुरुग्रामबाट आएका थिए र उनमा कोरोना भाइरससँग मिल्दो लक्षण देखिएको थियो

उनका अनुसार बेहुला गुरुग्रामबाट आएका थिए र उनमा कोरोना भाइरससँग मिल्दो लक्षण देखिएको थियो । तर, पनि परिवारले उनको कोरोना भाइरस परीक्षण गर्नुको सट्टा विवाह गरिदिने निर्णय गरे ।

विवाहपछि उनको अवस्था झन् खराब हुँदै गयो र पटनाको अस्पतालमा लैजाँदै गर्दा उनको बाटैमा मृ’त्यु भएको थियो । प्रहरीका अनुसार यो घ’टना आजमगढको छतरपुर ग्रामसभाको हो । स्थानीय प्रशासनले पूरै गाउँलाई शिल गरेको छ र सो क्षेत्रलाई स्यानिटाइज लगाइएको छ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७