मनोरञ्जन

सलमान खानको प्रेमिका खोसेर चर्चामा आएका यी ३ चर्चित अभिनेता

सलमान खानको प्रेमिका खोसेर चर्चामा आएका यी ३ चर्चित अभिनेता

बलिउड सुपरस्टार सलमान खानका धेरै साथीहरु छन्, यद्यपि उनी बलिउडकै केही कलाकारुहरुलाई भने मन पराउँदैनन् । एकपटक छुटेको सम्बन्ध उनी प्राय सुधार्ने गर्दैनन् ।

उनी एकपटक साथी छुटिसकेको व्यक्तिसँग माफी माग्दा पनि माग्दैनन् माफी दिँदा पनि दिँदैनन् । उनले अहिलेसम्म बिहे गरेका छैन्न तर उनको प्रेमिका अर्कै अभिनेतासँग नजिकिए पछि उनले सम्बन्ध नै तोड्ने गरेका छन् । सलमान खानको यो लिस्टमा अर्का एक स्टार कलाकारको पनि इन्ट्रि भएको छ, उनको नाम हो विक्की कौशल ।

विकेक ओबेरोयः

फिल्मी करिअरमा सलमान खानसँगको सम्बन्ध बिग्रेका पहिलो व्यक्ति हुन् कलाकार विवेक ओबेरोय । विकेक र सलमानको शत्रुताको बारेमा पूरै बलिउड जानकार छ । यो शत्रुताको प्रमुख कारण थिइन् विश्वसुन्दरी एवं बलिउड नायिका ऐश्वर्या राय बच्चन ।

विक्की कौशलः

केहीसमय अघि एक अवार्ड समारोहमा रमाइलोको रुपमा सलमानकै अगाडि विक्की कौशलले कट्रिना कैफलाई प्रेमप्रस्ताव राखेका थिए । उक्त समय सलमान मुस्कुराइरहेका पनि थिए ।

तर दिन बित्दै जाँदा विक्की कौशल र कट्रिना नजिकिएको समाचार मिडियाम लगातार आएसँगै सलमान विक्कीसँग रिसाएको भारतीय मिडियाले उल्लेख गरेको छ ।

विक्की कौशल र सलमानका साथमा कट्रिना
सलमान रिसाएपछि विक्की कौशलको फिल्मसँग फिल्म जुधाउन लागेको भन्दै भारतीय चर्चित अनलाइन एबिपीन्यूजले एक रिपोर्ट प्रकाशित गरेको थियो ।

सलमानले आगामी डिसेम्बरमा विक्की कौशलको फिल्म ‘तख्त’ सँग आफ्नो फिल्म ‘किक–२’ जुधाउन सक्ने भन्दै समाचारमा अनुमान गरिएको थियो ।

उसो कट्रिना कैफको कारणले सलमान खानको रिसमा पर्ने विक्की कौशल पहिलो मानिस भने होइनन् । यसअघि पनि उनीलाई रिस उठाउने र उनीसँग दुस्मनी गर्नेहरुको करिअरमा खासै प्रगति गर्न सकेका छैनन् ।

विवेक एश्वर्या र सलमान
ऐश्वर्या र सलमान प्रेमसम्बन्धमा थिए र उनीहरुको ब्रेकअपपछि ऐश्वर्या विवेक ओबेरोयसँग नजिकिन थालिन् । तर सलमानलाई यो कत्तिपनि मन परेको थिए । त्यसपछि उनीहरु खासै एउटै सभासमारोहमा देखिँदैनन् । उक्त घटनापछि विवेकको करिअरको ग्राफ खासै उठ्न सकेको छैन ।

रणबीर कपूरः

सलमान खानसँग रणबीर कपूरको दुस्मनी पनि विवेक ओवरोयको जस्तै छ । कट्रिना कैफसँगको ब्रेकअपपछि रणबीर र कट्रिना एकअर्कासँग नजिकिन पुगेका थिए । उनीहरु प्रेममा रहेको प्रसंग पनि चलिरहेको थियो । सलमान कट्रिना कोहीसँग नजिक भएको कुरा सलमानलाई मन पर्दैनथ्यो ।

सलमान र रणवीरको साथमा कट्रिना
तर रणबीरले उनलाई मन नपर्ने काम गरिरहेका थिए । कट्रिना र रणबीर प्रेमको बारेमा बेलाबेलामा सलमानले एकदमै भद्दा कमेन्ट पनि गरेका थिए । सलमानसँगको दुस्मनीपछि रणबीरले खासै चलचित्रहरुमा काम गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७