धर्म/ संस्कृति

असार १७ गतेबाट यी काम गर्दा घरपरिवारमा कहिले धनकाे समस्या हुने छैन

असार १७ गतेबाट यी काम गर्दा घरपरिवारमा कहिले धनकाे समस्या हुने छैन

एकादशीकाे व्रत बस्नाले हामीले गर्नलागेका कार्यमा वृद्धि, मानसिक समस्याबाट मुक्ति लक्ष्मीकाे कृपा सदैब रहिरहने तथा धार्मिक र आत्ध्यात्मिक रुपमा मानिस बलियाे हुने शास्त्रमा उल्लेख गरिएको छ ।

एकादशीकाे व्रत सम्बन्धि विभिन्न पुराण तथा उपपुरण हरुमा व्याख्या गरिएको छ । विशेषगरी पद्ममहापुराणमा यसकाे व्याख्या विस्तारित रुपमा उल्लेख गरिएको छ । अर्थात् एकादशीकाे व्रत विधिवत् रुपमा बसेमा स्वर्ग,माेक्ष, आराेग्य,सुभार्या तथा उत्तम पुत्र प्राप्तिका साथै सदैब लक्ष्मीकाे साथ रहिरहने उत्तम व्रत नै एकादशिकाे व्रत हाे भनेर भनिएको छ ।

२०७७ साल आषाढ १७ गते बुधबार हरिशयनी एकादशी व्रत अर्थात् तुलशीकाे विरुवा राेपने एकादशीका नामले पनि प्रसिद्ध छ ।हरेक वर्ष आषाढ शुक्ल पक्षकाे एकादशी देखि भगवान् विष्णु चार महिनाका लागि पाताललाेकमा गई राजा बलिकाे ढाेकामा निवास गर्नुहुने कुरा शास्त्रमा उल्लेख गरिएको छ ।

आजका दिनदेखि कार्तिक शुक्लपक्षकाे एकादशी बाट मात्रै फर्किएर पुनः वैकुण्ठमा आउने कुरा विभिन्न पुराण हरुमा उल्लेख गरिएको छ । यसैलाई नै चाैमासा अर्थात आषाढ शुक्ल पक्षदेखि कार्तिक शुक्ल पक्षकाे एकादशी ठुली एकादशी सम्मलाई चाैमासा व्रत भनेर भनिएकाे छ । शास्त्रका अनुसार चाैमासा भरि विवाह लगाएतका कुनैपनि ठूला शुभकार्य गर्न नहुने भनेर शास्त्रमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७