मनोरञ्जन

आज हाँस्यकलाकार सुन्तलीको जन्मदिन

आज हाँस्यकलाकार सुन्तलीको जन्मदिन

नेपाली चर्चित लोकप्रिय हाँस्यकलाकार कुन्जना घिमिरे सुन्तलीको आज जन्मदिन परेको छ । उनले हरेक असार १६ गतेका दिन जन्मदिन मनाउँदै आएकी छिन् ।

उनको जन्मदिनमा बिहानै देखि शुभकामना दिनेको ओइरो लागेको छ । ललितपुरमा जन्मेकी कुन्जना घिमिरे हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’ मा अभिनय गेरेपछि चर्चामा आएकी हुन् । लोकप्रिय हाँस्यटेलिसिरियल “मेरी बास्सै”बाट जन्मिएकी सुन्तली नामले उनलाई कहिले पछाडि फर्केर हेर्न पर्ने अवस्था आएन ।

सिरियलमा श्रीमान श्रीमतीको भुमिका निभाउँदै गर्दा कलाकार सिताराम कटेलको प्रेममा परेपछि उनिहरु अन्तत: वास्तविक जीवनमै श्रीमान श्रीमती बनेर छाडे । धुर्मुस र सुन्तली साथमा एकछोरी छिन् । लामोसमय कलाकारितामा संघर्ष गरेका धुर्मुस सुन्तलीलाई २०७२ सालको विनाशकारी भुकम्पले सामाजिक कार्यमा पनि डोर्‍यायो ।

मेरीबास्सैमा काम गरेपछि सामाजिक अभियन्ताका रुपमा पति हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस) सँग मिलेर लामो समय सामाजिक काम गरेकी सुन्तलीले म्यूजिक भिडियो, सामाजिक टेलि चलचित्र, चलचित्रमा समेत काम गरिसकेकी छिन् । सुन्तलीलाई एकाबिहानै पति धुर्मुसले पहिलो शुभकामना दिएका छन् भने अहिले उनको सामाजिक संजाल शुभकामनाले रंगीएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७