प्रदेश

गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना पुष्टि, पोखरामा मात्रै ७ जना

गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना पुष्टि, पोखरामा मात्रै ७ जना

गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा थप १७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

कास्कीका ८ जना, तनहुँका ५ जना, लमजुङका ३ जना र स्याङ्जाका १ जना मा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनलायले जनाएको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ९ सय ६६ पुगेको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार कास्कीमा पोखरा महानगरपालिकाका ३९, ५३, ३५ , ३०, ३०, ३६ वर्षीय पुरूषहरू र २७ वर्षीय महिलामा काेराेना पुष्टि भएकाे छ । त्यस्तै कास्कीकै मादी गाउँपालिकामा ४२ एक पुरूषमा पनि काेराेना देखिएकाे छ ।

उनिहरूलाई आईसोलेसनमा लैजाने तयारी भइरहेको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक एवं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७