मनोरञ्जन

छोरीको अनुहार किन लुकाउँछन् अक्षय कुमार ? (भिडियो)

छोरीको अनुहार किन लुकाउँछन् अक्षय कुमार ? (भिडियो)

बलिउड नायक अक्षय कुमार बक्स अफिसमा सफल छन् । अक्षय एक मात्र यस्ता स्टार हुन् जो धेरै चलचित्रमा अभिनय गरेपिन उनका फिल्मले राम्रो व्यापार गर्छन्।

जब अक्षय स्टारडमबाट पर हट्दै आफ्नो घर पुग्छन् उनी सामान्य मानिसको शैलीमा देखिन्छन् । उनै अक्षयको अर्को एक गजबको कुरा चर्चामा छ । उनले आफ्नी छोरीको अनुहार मिडियाको अगाडि जहिले पनि छोपेका हुन्छन् । मिडियाको क्यामेरा अगाडि छोरीको अनुहार उनले धेरै पटक हातले छोप्ने गरेको देखिन्छ ।

उनकी छोरीको कुनै पनि तस्बिरमा स्पष्ट अनुहार देखिएको छैन । क्यामेरामा उनी छोरी निताराको स्पष्ट अनुहार क्लिक हुन पाउदैन । यसको त्यस्तो खास कारण त छैन । तर, सेलिब्रेटीको सन्ततीलाई फ्यानदेखि मिडियाले पनि पिछा गर्ने भएकाले अक्षय यसमा सजग छन् । जसले गर्दा उनले छोरीको अनुहार स्पष्ट रुपमा अहिले नै मिडियामा नआओस् भन्ने चाहेका हुन् ।

साहरुखका छोरा आर्यन, अमिताभ बच्चनकी नातिनी, साहरुखकी छोरी सुहाना, सैफअली खानकी छोरी लगायतका तस्बिर मिडियामा विभिन्न स्क्यान्डल शैलीमा सार्वजनिक भएका थिए ।

यसैले, मिडिया र फ्यानबाट टाढा राख्नका लागि अक्षयले छोरीको अनुहार देखिने तस्बिर न त क्लिक गरेका छन् न त क्लिक गर्न दिएकै छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७