मनोरञ्जन

साम्राज्ञीलाई भूवनको जवाफ-‘जुन थालमा खाने, सोही थालमा दुलो पार्ने’

साम्राज्ञीलाई भूवनको जवाफ-‘जुन थालमा खाने, सोही थालमा दुलो पार्ने’

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले केही दिन अगाडि सामाजिक संजालमार्फत भिडियो सार्वजनिक गर्दै आफूले केही चलचित्रकर्मीसँग काम गर्दा दुःख पाएको उल्लेख गरिन् । उक्त बिषय निकै चर्चामा रह्यो ।

साम्राज्ञीले यसो भनिरहँदा उनको कटाक्ष नायक भूवन केसीमाथि पनि थियो । साम्राज्ञीलाई भूवनले चलचित्र ‘ड्रिम्स’बाट यो क्षेत्रमा प्रवेश गराएका हुन् । साम्राज्ञीले बारम्बार आक्रोश व्यक्त गर्दै सामाजिक संजालमा नाम नै लिएपछि भूवन केसीले असन्तुष्टी व्यक्त गरेका छन् ।

भूवन लेख्छन्–‘खान नपाएको भन्दै सामाजिक संजालमा रोई कराई गर्ने नायिका अहिले कुन चलचित्रको नाम बेचेर खाइरहेकी छिन् ? जुन थालमा खाने त्यही थालमा दुलो पार्ने । सामाजिक संजालमा गर्ने बराबर अभिनय फिल्ममा गरे हुने नी ।’

भूवनले साम्राज्ञीले आज पनि ‘ड्रिम्स’कै ब्रान्ड बेचेर चलचित्र क्षेत्रमा नाम कमाइरहेको आरोप समेत लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७