मनोरञ्जन

‘जय जय नेपाल’ भन्दै आए प्रदिप र निती (भिडियो)

‘जय जय नेपाल’ भन्दै आए प्रदिप र निती (भिडियो)

अभिनेता प्रदीप खड्का र निती शाहले अभिनय गरेको एक राष्ट्रभक्तिपूर्ण गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । उक्त ‘जय जय नेपाल’ बोलको गीत आइतवार युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

शनिवार गीतको टिजर सार्वजनिक गरिएको थियो । टिजरलाई धेरैले मन पराएको प्रतिक्रिया दिएका छन् । ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा प्रदीप खड्कालाई फरक लुकमा देख्न सकिन्छ ।

राष्ट्रभक्तिका शब्द समेटिएको गीतमा सत्यराज आचार्य, स्वरुपराज आचार्य, प्रविशा अधिकारी, प्रताप दा र विपिन घिमिरेले स्वर दिएका छन् । यस्तै गीतको भिडियोमा प्रदीप र नीति शाहसँगै सत्यराज आचार्य, स्वरुपराज आचार्य, प्रताप दास, प्रविशा अधिकारी लगायतलाई देख्न सकिन्छ ।

यो गीतका शब्द अशोक शेरचनले लेखेका हुन् भने एलिस कार्कीले संगीत दिएका हुन् । गीतको भिडियोलाई नितिन चन्दले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७