पछिल्लो समय सामाजिक अभियान्ताका रुपमा चर्चामा आएकी मोडल आशिका तामाङ फेरि चर्चामा आएकी छिन् । ‘खसिनी दिदी’ का रुपमा चर्चा कमाएकी नायिका तथा निर्मात्री तामाङ्ले आफ्नो सामाजिक सञ्जाल फेसबूकमा अनेकन भिडियो एवं तस्विर सेयर गर्दै आएकी छिन् ।
उनका प्राय भिडियो भाइरल हुने गर्छन् । उनका प्रायः अभिब्यक्ती रमाइला हुने गर्छन् । जसमा निकै प्रतिक्रिया पनि अाइरहेका छन् ।
हालै नेपालमा प्रवेश गरेको सलहका बारेमा लेखेको फेसबुक स्टाटसका कारण उनी चर्चामा आएकी छन् । उनले फेसबुकमा लेखेकी छिन्, ‘थाल बजाउदा, स्पिकर बजाउदा र धुवा पर्दा आँफै भाग्छ तर मार्नु चाँही हुन्न है ।’
उनले ग्रीन एण्ड क्लिन आशिका फाउण्डेशनमार्फत सामाजिक कार्य गर्दै आएकी छिन् । उनलाइ सरसफाइ अभियन्ताका रूपमा समेत चिनिन्छ ।