मुख्य समाचार

दुर्घटनामा पत्रकार कृष्णबाबु पाण्डेको निधन

दुर्घटनामा पत्रकार कृष्णबाबु पाण्डेको निधन

रुपन्देहीमा सवारी दुर्घटनामा पत्रकार कृष्णबाबु पाण्डेको मृत्यु भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–भैरहवा सडकखण्डको तिलोत्तमा–१ ड्राइभर टोलमा शनिबार राति भएको सवारी दुर्घटनामा परि न्युज २४ का संवाददाता कृष्णबाबुको मृत्यु भएको हो ।

बुटवलदेखि आफ्नो घर तिलोत्तमा नगरपालिकाको ड्राइभरटोलतर्फ जाँदै गर्दा आफैले चलाएको बा ७ च ६९५९ नम्बरको गाडी सडक किरानाको फलामेबारमा गाडी ठोक्किँदा दुर्घटना भएको थियो । घा इते उनलाई बुटवलको चौराहा अस्पतालमा उपचारका लागि लगिएको थियो ।

३० वर्षीय कृष्णबाबुको उपचारकै क्रममा शनिबार राति करिब १ बजे मृत्यु भएको हो । पो स्टमार्टमका लागि शवलाई लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय बुटवलले जएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७