मनोरञ्जन

कसलाई प्रेम गर्छिन् सुहाना ?

कसलाई प्रेम गर्छिन् सुहाना ?

चलचित्र ‘ए मेरो हजुर ४’ यो बर्षको दशैंमा रिलिज नहुने घोषणा गरिसकेका छन्। नायिका सुहाना थापा भने दोस्रो फिल्मबाट छिटो भन्दा छिटो दर्शकामाझ देखिन चाहन्छिन् । तर, उनको सोचाई पुरा हुने देखिएन।

समय समयमा उनि प्रेम र भावनाको कुरा पनि फ्यानसँग शेयर गरिरहन्छिन् । धेरैलाई लाग्नसक्छ सुहानाले को सँग प्रेम गर्छिन् भनेर । उनै सुहाना समाजिक संजालमा लेख्छिन्–‘के म भावनासँग प्रेम गर्छु ? वा म सत्य पत्ता लगाउने कोशिश गरिरहेको छु ।’

सुहानाले केही बर्ष अगाडि चलचित्र ‘ए मेरो हजुर ३’को प्रमोशनको क्रममा एक यूवकको प्रेममा रहेको खुलासा गरेकी थिइन् । सुहानाले आफ्नो मनमा उब्जिएको प्रेमको भावनाको सत्यता लगाउन कहिले सक्लिन त्यो त समयलाई नै थाहा होला।

सुहाना कृष्णभक्तका रूपमा पनि चर्चित छिन् । केहि पहिला उनले राधाकृष्ण मन्दिमा गएर जन्मदिन मनाएकी थिइन भने गाईलाई माया गरेका तस्बिर पनि चर्चामा अाएका थिए ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७