विचित्र संसार

शोरूमबाट निकाल्नेबित्तिकै साढे २ करोड पर्ने कार कच्याककुचुक

शोरूमबाट निकाल्नेबित्तिकै साढे २ करोड पर्ने कार कच्याककुचुक

कार निस्कनेबित्तिकै एम१ वेस्ट योर्कशायरमा बिग्रियो र बाटैमा रोकियो । अनि त्यसलाई एउटा भ्यानले ठोकिदियो

लन्डनमा एक युवकले लाम्बोर्गिनी कार लगभग साढे २ करोड रुपैयाँ तिरेर किने । गाडी किनेको २० मिनेटमै लाम्बोर्गिनीलाई एउटा भ्यानले ठोकिदियो ।

वेस्ट योर्कशायर प्रहरीका रिचर्ड ह्वाइटले बताएअनुसार, दुर्घटनामा लाम्बोर्गिनीका चालक र भ्यान चालकलाई सामान्य चोटपटक लागेको छ ।

शोरूमबाट कार निस्कनेबित्तिकै एम१ वेस्ट योर्कशायरमा बिग्रियो र बाटैमा रोकियो । अनि त्यसलाई एउटा भ्यानले ठोकिदियो । ट्राफिकमा पनि अवरोध पुग्यो ।

प्रहरी घटनास्थलमा पुग्यो र ट्राफिक पनि सम्हाल्यो अनि दुवै घाइतेलाई अस्पताल पुर्‍यायो । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७