मनोरञ्जन

भारतकी टिकटक स्टारले गरिन देहत्यागः अन्तिम पटक बनाएकी थिइन् यस्तो टिकटक

भारतकी टिकटक स्टारले गरिन देहत्यागः अन्तिम पटक बनाएकी थिइन् यस्तो टिकटक

एजेन्सी । भारतमा एक अर्की कलाकारले देहत्याग गरेको समाचार भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनी सुशान्त जस्तै फिल्मी जगतकी नभएर टिकटकमा चर्चित युवती हुन् ।

टिकटक मार्फत निकै चर्चित बनेकी १६ वर्षीया सिया कक्करले देहत्याग गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनले किन त्यस्तो निर्णय गरिन् भन्ने खुलेको छैन । प्रहरीले अनुसन्धान सुरु गरेको भएपनी यसको कारण खुलस्त हुन सकेको छैन ।

अघिल्ले दिन सम्म पनि खुसी मुडमै देखिएकी उनको अचानक यस्तो खबर पाएर फ्यान दुखी भएका छन् । उनले अघिल्लो दिन पनि टिकटक भिडियो सार्वजनिक गरेकी छन् । जसमा उनी खुसी नै देखिन्छिन् । देहत्यागको त्यस्तो कुनै संकेत भिडियोा गरिएको छैन । उनी कुनै कुरालाई लिएर चिन्तित भएको संकेत भिडियोवाट पाउन सकिदैन ।

२३ घण्टाअघि उनले इन्ट्राग्राममा टिकटक भिडियो सेयर गरेकी छिन्। जसमा उनले कुनै संकेत गरेकी छैनन्। केही दिन चर्चित कलाकार सुशान्त सिंह राजपुतले पनि देह त्याग गरेका थिए । उनको निधन पछि बलिउडमा नयाँ वहस सुरु भएको छ । सुशान्त निधनको घ टना निकै पेचिलो बन्दै गएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७