मनोरञ्जन

बेल्जियम पुगेपछि फेरिएको गरिमाको पहिरन [फोटो फिचर]

बेल्जियम पुगेपछि फेरिएको गरिमाको पहिरन [फोटो फिचर]

अभिनेत्री गरिमा पन्त पर्दामा नदेखिएको लामो समय भइसकेको छ । बेल्जियम निवासी हरि शर्मा थपलियासँग लगनगाँठो कसेपछि उनी सक्रिय अभिनय जीवनबाट टाढा भइन् । उनी पछिल्लो पटक फिल्म ‘तीन घुम्ती’ मा देखिएकी थिइन् ।

उनले एक समय आफ्नो जीवन्त अभिनयबाट दर्शकको मनमा डेरा जमाएकी थिइन् । उनको एक दशक लामो फिल्म करिअरमा सबैभन्दा उत्कृष्ट फिल्म ‘झोला’ मानिन्छ । यसबाट उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड जितेकी थिइन् ।

फिल्ममा विशेषगरि गाउँले युवतीको भूमिका निर्वाहा गरेकी उनको सुन्दरताको फिल्म क्षेत्रमा अझै पनि चर्चा हुने गर्दछ । सोझी र भलाद्मी अभिनेत्रीको छवि बनाएकी गरिमा पुनः काँचको पर्दामा कहिले फर्किन्छिन् भन्ने धेरैलाई चासो छ । उनले आफू चाँडै अभिनयमा फर्किने प्रतिवद्धता व्यक्त गरे पनि अहिलेसम्म त्यो समय जुरेको छैन ।

आफ्नो फिल्मी करिअरमा उनी कुनै फिल्ममा बो ल्ड अवतारमा प्रस्तुत भइनन् । निर्देशकहरुले पनि उनलाई त्यो अवतारमा प्रस्तुत गर्न चाहेनन् । पर्दामा कुर्था र साडीमा देखिने गरेकी उनको विवाहपछि भने पहिरन शैली फेरिएको छ । उनको फेसुबक निहाल्ने हो भने उनलाई प्रायः बो ल्ड अवतारमा देख्न सकिन्छ । दर्शकहरुले पनि उनको यो अवतारमा पनि सुन्दरताको तारिफ गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७