समुद्रशास्त्रमा बिहान घरबाट निस्कने बेला के कुरा देखिन्छ सो बाट दिनबारे थाहा हुने उल्लेख छ । बिहानी राम्रो भयो भने दिन पनि राम्रो हुन्छ भन्ने मान्यता रहँदै आएको छ ।
समुद्र शास्त्रका अनुसार बिहान उठ्ने वित्तिकै यी चिजहरु देखेमा दिन नै शुभ हुन्छ ।
श्रृंगार गरेकी स्त्री :
बिहान उठ्ने बित्तिकै श्रृंगार गरेकी स्त्री देख्नुभयो भने तपाईंको दिन शुभ हुने छ । साथे उठ्ने बित्तिकै रातो कपडा लगाएकी स्त्री देखेमापनि शुभ हुन्छ ।
आगो :
बिहान उठेर कतै निस्कदै गर्दा आगो देखियो भने त्यो शुभ संकेत हो । यसले दिनलाई उर्जाशील बनाउने कुरा धर्मशास्त्रमा उल्लेख छ ।
धर्मग्रन्थ
बिहान उठ्ने बित्तिकै धर्मग्रन्थ देखियो भने दिन राम्रो हुन्छ । अझ धर्मग्रन्थ अध्यन गरिरहेको वा बाचन गरिरहेको व्यक्तिलाई देखेमा झनै लाभ मिल्छ ।
गाई
हिन्दु धर्ममा गाईलाई भगवानको रुपमा पूजा गरिन्छ । बिहान उठ्ने बित्तिकै गाई देखेमा त्यसको संकेत शुभ हुन्छ । अझै कालो रंगको गाई देखिनु त झनै उत्तम मानिने शास्त्रमा उल्लेख छ।