केही नेपाली चलचित्रमा अभिनय गरेकी नायिका सुरविना कार्की मुम्बइमा संघर्षरत छिन् । मुम्बई शहरको रमझममा उनले करिअरलाई शुन्यबाट अगाडि बढाउँदैछिन् । बलिउडमा प्रवेश गर्न त्यती सहज छैन । सुरविना सोही बलिउडको ढोका खोल्नका लागि काम गरिरहेकी छिन् ।
नेपाली कलाकारहरु अहिले बलिउड चलचित्र तिर आकर्षित हुँदै गैरहेका छन् र थुप्रै उदारण पनि रहेका छन् नायिका अदिती बुढाथोकी, जेनिसा केसी, श्रृष्टी श्रेष्ठ र यति बेला नायिका सुरविना कार्की पनि बलिउडतिर फट्को मरिरहेकी छिन् ।
उनले आफ्नो अभिनय र लोभ लाग्दो सुन्दरताले विश्वभरका युवाहरूलाई लठ्ठ बनाएकी छिन् भने उनी विविध कारणले मिडियामा छाइरहेकी हुन्छिन् । कहिले उनको सुन्दरताको कारण, कहिले उनको ड्रेसले गर्दा भारतीय लगायत नेपाली मिडिया र सामाजिक सञ्जालमा भाइरल भएकी हुन्छिन ।
सुरविनाले मुम्बईमा रहेर एउटा विज्ञापनमा काम गरिसकेकी छिन् । साथमा, सोनी टेलिभिजनबाट प्रसारण भएको ‘दिल हि तो हे’मा समेत काम गरिरहेकी छिन् साथै उनी ‘जेली विन्स एजेन्सी’सँग आबद्ध भएर पनि काम गरिरहेकी छिन् ।
हेर्नुहोस् फोटो फिचर: