राजनीति

यस्तै अवस्था रहे पार्टी विघटन हुन सक्छ- प्रचण्ड

यस्तै अवस्था रहे पार्टी विघटन हुन सक्छ- प्रचण्ड

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले अहिलेको भद्रगोलकै अवस्था रहिरहे पार्टी विघटन हुन सक्ने बताएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबारदेखि सुरू भएको स्थायी कमिटी बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले पार्टी व्यवस्थित ढंगले चल्न नसकेको बताउदै यस्तो चे तावनी दिएका हुन्।

‘हामीले पार्टी एकता गर्ने बेलाम कुनै मोर्चा बनाएर जाने कि भनेरसमेत मलाई सुझाव आएको थियो,’ प्रचण्डको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक स्थायी कमिटी सदस्यले भने, ‘कतै त्यही गरेको भए राम्रो हुन्थ्यो कि भन्नेसमेत सोच आउने गरेको छ। तर अब हामी पार्टी एकताबाट पछि हट्न सक्दैनौं। यसलाई कार्यान्वयन गरेर अगाडि बढ्नुपर्छ।’

प्रचण्डले दुई तिहाइको सरकार छ भनेर सरकारमा बस्नेहरूमा घमण्ड बढेकोसमेत बताए। प्रचण्डले भने बहुमत एउटा व्यक्तिका लागि आएको होइन। यो नेकपाका लागि आएको हो,’अहिले यो अनूभुति भएको छैन। यही अवस्था रहिरह्यो भने आगामी दिनमा पार्टी विघटनको दिशामा जान्छ।’

सरकारको कामबाट जनता खुसी नभएको भन्दै प्रचण्डले पार्टीको काम पनि सही ढंगले अगाडि बढ्न नसकेको बताए। प्रधानमन्त्रीमा आलोपालो गर्ने गरी भएको सहमतिबाट पछि हटेर ग ल्ती भएको संकेतसमेत प्रचण्डले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७