विशेष सामाग्री

कोरोना उपचारमा खटिएका डाक्टरको हातः जसले सारा मानिसलाई बनायो भावुक

कोरोना उपचारमा खटिएका डाक्टरको हातः जसले सारा मानिसलाई बनायो भावुक

कोरोना महामारीमा बिश्वभर डाक्टर अग्रपंत्तिमा रहेर काम गरिरहेका छन् । यस्तो बेलामा डाक्टर नर्स लगायतका स्वास्थ्य क्षेत्रमा आबद्ध व्यक्त्तिहरुले आफ्नो अमूल्य योग्दान दिइरहेका छन् ।

केहि समयअघि चिनका डाक्टर र नर्सहरुले मास्क उतारेपछिको अनुहारको अवस्थाले निकै चर्चा पायो । सार्वजनिक भएका तस्विरमा उनीहरुको अनुहारभरी मास्कको निलडाम देखिन्थ्यो ।

इटालीमा मात्रै धेरै डाक्टरले बिरामीको स्याहार गर्दा गर्दै कोरोना सं क्रमणको शि कार भएर ज्यान गुमाए ।

लामो समयसम्म पीपीई लगाएर काम गर्दा उनीहरुको अवस्था कस्तो हुन्छ ? पिपिईले कोरोनाको सं क्रमणबाट त बचाउँला तर त्यसको हानी पनि कम छैन ।

सोमबार ट्वीटरमा अवनिष कुमारले एउटा फोटो शेयर गरेका छन् ।उक्त्त फोटोमा देखिएको हात भारतको डाक्टरको हो । उनको हातलाई देखाउँदै अवनिषले लेखेका छन् । “यो हात कोरोनाको उपचारमा संलग्न भएको डाक्टरको हो ।

जस्ले १० घण्टाको ड्युटी सकेर पन्जा फुकाल्दाको हो । उनीहरु नै रियल हिरो हुन् र हामीले सम्मान गर्नुपर्छ ।” उनको यो पोष्ट अहिले भाइरल भइरहेको छ । धेरैले डाक्टरलाई भगवान भन्दै सम्मान गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७