मनोरञ्जन

‘कोरोनाले १० अर्बको बेसार पानी खाएछ’ (भिडियो)

‘कोरोनाले १० अर्बको बेसार पानी खाएछ’ (भिडियो)

प्रधानमन्त्री केपी शर्मा ओलीले को’रोना भा’इरससँग ल’ड्न अपनाउनु पर्ने उपाए, उपचारका टिप्सहरुका बारेमा बोल्दै बेसार पानी खाएर, तातोपानी खाएर को’रोना निको पार्नु पर्छ भन्ने अभिव्यक्ति दिएका थिए । कोरोना लाग्यो भने हाछ्यूँ–साछ्यूँ गरेर निको पार्नु पर्ने कुरा पनि प्रधानमन्त्री ओलीले गरेपछि यो बिषय निकै चर्चित बन्यो ।

प्रधानमन्त्रीको यही अभिव्यक्तिप्रति व्यंग्य गर्दै युवाहरूले एक गीत निकालेका छन् । ‘खाने रे खाने रे.. केपी बाले भनेको बेसार पानी रे…’ बोलको गीत सोमबार युट्युबमा सार्वजनिक भएको छ ।

गीत प्रदीप त्रिपाठी, किशोर नेपाली र प्रदिप तिवारीले गीत गाएका भने रचना र संगीत पनि गायक तीन जनाकै रहेको छ गीतको एरेन्जर तारानाथ आचार्यले हुन् । बेसार पानी खाएको भए कोरोनाबाट कोही म र्न नपर्ने, सरकारले राम्रो काम गरेको तर जनता नै अल्छी भएर को’रोना लागेको जस्ता विषयहरु समेटेर व्यंग्य गरिएको छ। को’रोना उपचार तथा नियन्त्रणमा खर्च भएको १० अर्ब त बेसार पानीले पो खाएको रहेछ भनेर गीतमार्फत व्यंग्यसमेत गरिएको छ ।

भिडियो-

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७