मुख्य समाचार

६ महिना अगाडी श्रीमान गुमाएकी सुस्मिताको परिवार नै बन्यो काल

६ महिना अगाडी श्रीमान गुमाएकी सुस्मिताको परिवार नै बन्यो काल

प्रहरीले हेटौडा उपमहानगरपालिका– ४ गर्दोही सूर्यचोकमा घरकै भान्सा कोठामा मृत अवस्थामा फेला परेकी २६ बर्षीया सुस्मिता थापाको ह-त्यामा परिवारकै सदस्य संलग्न रहेको जनाएको छ।

अनुसन्धान पछि प्रहरीले ससुरा प्रकाश थापा र नन्दको संलग्ना रहेको जनाएको हो। सुस्मिताका श्रीमानको ६ महिनाअघि सवारी दुर्घटनामा मृत्यु भएको थियो । त्यसपछि उनी माइत बस्दै आएकी थिइन्।

६ महिना पुगेको अवसरमा साँस्कृतिक कार्यक्रमका लागि गएकी उनी लकडाउनले माइत फर्कन सकेकी थिइनन्। घरमा खाना खाने समयमा विवाद हुँदा ससुरा र नन्दले विभ-त्स ह-त्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ। प्रहरी स्रोतका अनुसार मृ’तक थापाका श्रीमानको दुर्घटना बीमा र जीवन बीमाको ठूलो रकम सुस्मितालाई आउँदै थियो। यसैका कारण पनि बिवाद बढेको हुनसक्ने अासंका गरिएको छ ।

सुस्मिताको टाउकोको पछिल्लो भागमा चोट र आँखासमेत फुटेको पो-ष्ट र्माटम रिपोर्टले देखाएको छ। उनको माईतीपक्षले उनलाई धेरै या-तना दिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७