प्रदेश

‘प्रभावमा परिनँ, गन्यमान्यलाई छोडिनँ’ भन्दै कास्कीबाट बिदा भए एसपी कार्की

‘प्रभावमा परिनँ, गन्यमान्यलाई छोडिनँ’ भन्दै कास्कीबाट बिदा भए एसपी कार्की

सुरेश हमाल । पोखरा

२०७६ साल जेठ १२ गते प्रहरी महानिरीक्षक सचिवालयमा कार्यरत एसपी दानबहादुर कार्की कास्की सरुवा भए भने जेठ १७ गतेदेखि कार्यभार सम्हाले । जिल्ला प्रहरी कार्यालय कास्कीमा एक बर्ष प्रहरी प्रमुखको रूपमा काम गरे । हाल फेरी उनि सरुवा भई प्रहरी प्रधान कार्यालय जादै छन् ।

नेपालकै मात्र नभइ संसारकै चर्चित पर्यटकिय ठाँउ , गण्डकी प्रदेशको राजधानी अनि काठमाडाैँ पछि देशकै दोस्रो चर्चित गन्तव्य, पोखरा । यत्तिकै पनि सुरक्षा बिषय जटिल र सबैको चासोको केन्द्र पनि हो । एसपी कार्कि कास्की जिल्लामा प्रहरीको नेतृत्व सम्हाल्दै गर्दा उनको नेतृत्वमा कास्कीको शान्ति सुरक्षा कस्तो हुन्छ धेरैको चासोको बिषय थियो जुन एक बर्षे कार्यकालमा कास्कीका जनताले अनुभूति गरेका छन भने स्वंय एसपी कार्कीले पनि एक बर्षे कार्यकालबाट सन्तुष्ट रहेको बताएका छन्।

उनि फर्किने क्रममा सोमबार भर्चुअल पत्रकार सम्मेलन आयोजना गरी कास्किमा रहँदाका मुख्य कामको बारेमा बताउदै एक वर्षे कार्यकालमा आफू सन्तुष्ट रहेको बताए ।

कास्की प्रहरीको प्रमुख भइरहँदा सन्तोषजनक रुपमा काम गरेको उनको भनाई छ । एक्लै प्रहरी अधिकृतले काम गर्ने होइन । स्थानीय निकायदेखि केन्द्रसम्मको निर्देशन र समन्वयमा कार्यसम्पादन गरिरहेको हुन्छ । उनले भने- ‘कास्कीमा काम गर्दा कसैको दबाब र प्रभावमा काम गरिनँ ।’ कानुनको पालनाका क्रममा सबै नागरिकलाई बराबरी व्यवहार गरेको र सामान्यदेखि गन्यमान्यलाई समे कानुनी दायरामा ल्याइयो ।’ केही नयाँ कामको थालनी र अभ्यासले पनि काम सन्तोषजनक रहेको बताए ।

प्रहरीको महत्वपूर्ण जिम्मेवारी नागरिकको शान्ति सुरक्षामा रहने हुँदा त्यसमै केन्द्रित रहेर काम गर्नुका साथै गलत गर्ने प्रहरीलाइ पनि कारबाहीको दायरामा ल्याई संगठनभित्र शुद्धीकरण गरिएको उनको भनाइ थियो ।

साथै कार्यकालमा ‘रेस्पोन्स टाइम’लाई घटाउने प्रयन्त गरेको एसपी कार्कीले बताए ।उनले भने- नागरिकप्रति जिम्मेवार रहँदै गुनासो सुनेको न्यूनतम समयमै छिटो भन्दा छिटो प्रहरीको उपस्थिति रहने ‘रेस्पोन्स टाइम’लाई घटाइएको दाबि गरे । साथै उनले अगाडी थपे- ‘पीडकलाई छुटाउन कार्यालयमा लावालस्कर लाग्छे तर, पीडितलाई भेट्न कोही जादैँनन् । त्यसैले हामीले पी डित भेटघाट कार्यक्रम बनाएर भेटघाटको सहज वातबरण तयार गर्यै’ ।

दिनरात सुरक्षामा खटिने कर्मचारीलाई कम्तीमा ओछ्यानमा सम्म सुताउन भवन निर्माणको काम थालिएकोसमेत उनले बताए । केहि महिना अघि प्रदेश सभा सांसद राजीव गुरुङ (दिपक मनाङे)लाई पक्राउ गरेपछि पनि उनको चर्चा चुलिएको थियो ।

यसअघि आइतबार उनको एक बर्षे कार्यकालमा भएका कार्य प्रगती बिवरण जिल्ला प्रहरी कार्यलयले सार्वजनिक गरेको छ । सो अवधिमा अ’पराधिक क्रियाकलाप, गैरकानुनी, ‘उच्छृंखल’ कार्य गर्ने झण्डै २५ सय जनलाई पक्राउ गरिएको छ भने बिभिन्न मुद्दामा कैद र जरिवान बेरुजु भइ फरार ९४ जनालाई पक्राउ गरि अदालत समक्ष उपस्थित गराई २० लाख ९७ हजार रुपेयाँ जरिवाना गराईएको छ ।

त्यस्तै पोखरामा ‘अवैध’ रुपमा बसोबास गरेका ८ जना बिदेसी नागरिकलाई अध्यागमन कार्यलयमा आवश्यक कार्वाहीका लागि पठाइएको साथै ५ जना बिदसीको उद्दार र ४ वटा ‘शव’ सम्बन्धित देशमा पठाइएको छ ।

साथै कोरोना महामारीमा १ हजार ६५ पर्यटक ६५ बिद्यार्थीलाई उद्दार गरि काठमाडौ पठाइएको छ । ट्राफिक प्रहरीतर्फ ६० हजार ६ सय ५० सवारीसाधनलाई कार्वाही गरि ४ करोड ६० लाख रुपैयाँ बराबर राजश्व संकलन गरिएको छ ।

साथै श्रृजनशिल कार्यहरुमा अव्यवस्थित घरटहरा हटाइएको, केहि बिषेस ठाँउमा पावर टेलर संचालनमा रोक, रेलिङ भित्र लगि बाटो फराकिलो पार्न सफल, हर्न निषेधमा कडाइ गरिएको छ । साथै केहि ह त्याकाण्डका दोषीलाई तत्काल पक्राउ गरि सार्वजनिक गर्न पनि प्रहरी सफल भएको दाबि गरिएको छ ।

एसपी कार्की काठमाडौं गएलगत्तै कास्की प्रहरी प्रमुखमा एसपी जीवन श्रेष्ठ आउँदै छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७