विशेष सामाग्री

एउटा ‘यौनकर्मी’का लागि परिवारको अर्थ के हुन्छ ?

एउटा ‘यौनकर्मी’का लागि परिवारको अर्थ के हुन्छ ?

सानी बालिकाको नोटबुकमा सिसाकलमले बनेको एउटा चित्र छ । जसमा २ बालिका रोइरहेका छन् र एक अर्काको हात समाएका छन् । कमाठीपुराको स्थानीय नगरपालिका स्कुलमा तीन कक्षामा पढ्ने सायमा अब यी बालिकाहरुको गालामा आँसुका तीन थोपा बनाइरहेकी छिन् र ती थोपाहरुलाई केही गहिरो बनाइरहेकी छिन् ।

लतिका भन्छिन् ‘यिनलाई आफ्नो आमाको कमी खड्किरहेको छ ।’ त्यसपछि सायमा फेरि पानामा चित्र बनाउन जुट्छिन् । अब उनी एक जन्मदिनको पार्टीको चित्र बनाइरहेकी छिन् । एउटा ठूलो केक, मैनबत्ती, गिफ्टहरु, पंखा र खुसीले रमाइरहेका बालबालिकाले भरिएको कोठा । एक अर्की सानी बालिका पनि आफ्नो नोटबुक खोल्छिन् । त्यसमा मुटुको चित्र बनेको छ । एक धर्काले उनी यसलाई दुई भागमा बाँडिरहेकी छिन् । यी बालबालिकाले आफ्नो नोटबुकमा जे बनाइरहेका छन् त्यसमा कुनै घर छैन न घरको बाहिर कुनै भित्ता छ ।

‘नयाँ बच्चा हो । उसलाई थाहा छ कि उसलाई यहाँ आउनुपर्छ तैपनि रोइरहेको छ । विस्तारै सहज हुँदै जान्छ । सबै बच्चा सहज हुन्छन् । यी परिवारसँग कुनै विकल्प हुँदैन ।’

त्यो साँझ करिब ५० जना बालबालिका रातको समयमा चल्ने आश्रयगृहमा फर्किएर आएका छन् । यो आश्रय मुम्बइको बदनाम इलाका कमाठीपुरामा गैर सरकारी संगठन प्रेरणाको तर्फबाट संचालन भइरहेको छ । यो आश्रयमा यौ’नकर्मीका बच्चाहरुलाई रातभर राख्ने व्यवस्था छ । आश्रयका कोठाहरु पूर्ण रुपमा सुसज्जित छन् । भित्तामा क्रिसमसको सजावट देखिइरहेको छ । एउटा कालोपाटी छ र एउटा सानो समुद्र किनारा पनि बनाइएको छ । अर्कोतर्फ चटाइ र बेडशीटहरु राखिएका छन् । एउटा सानो शौचालय छ । एउटा किचन पनि छ जहाँ यी बालबालिकाको लागि खाना बनाइन्छ । तत्कालको लागि यो यी बच्चाहरुको घर हो ।

बालबालिकाहरु आफ्नो साथमा स्कुल ब्याग र रातमा फेर्नको लागि कपडा लिएर आएका छन् तर उनीहरुको बाँकी सामान कहीँ अन्यत्रै छ । त्यो फोहर कोठामा, जहाँ उनीहरुकी आमा बस्छिन् । उनीहरु आफ्नो त्यो घरमा आउन त आउँछन् तर धेरैबेर बस्न सक्दैनन् । जिन्स र धारदार सर्ट लगाएकी एक युवा आमा गल्लीबाहिर उभिएकी छिन् । उनले रातो रंगको लिपस्टिक लगाएकी छिन् र धेरै मेकअप गरेकी छिन् ।

करिब ३ वर्षका उनका छोरा आश्रयमा जाँदै गर्दा रोइरहेका छन् । यद्यपि उनले पछाडि फर्केर आफ्नी आमालाई हेर्दैनन् । आमालाई काममा फर्किनु छ, पैसाको लागि पुरुषहरुसँग यौ’न सम्ब’न्ध राख्ने काम । कमाठीपुराको गल्ली नम्बर ९ मा बनेको आश्रयकी सुपरभाइजर मुग्धा भन्छिन् ‘नयाँ बच्चा हो । उसलाई थाहा छ कि उसलाई यहाँ आउनुपर्छ तैपनि रोइरहेको छ । विस्तारै सहज हुँदै जान्छ । सबै बच्चा सहज हुन्छन् । यी परिवारसँग कुनै विकल्प हुँदैन ।’

देशको सबैभन्दा पुरानो रे’डलाइट एरियाको रुपमा चिनिने कमाठीपुरामा यिनीहरुको धेरै कमाइ पनि हुँदैन । तर, इलाकाको पुनर्विकास योजनाका कारण भाडा बढेको छ । अब धेरै कोठी पनि बाँकी छैनन् । यस्तोमा यौ’नकर्मी महिलाहरुलाई कठिन परिस्थितिमा रहनुपर्छ । सानो कोठामा उनीहरुले भाडामा बेड लिनुपर्छ । यस्ता कोठाहरुमा ६–६ वटा बेड हुन्छन् । तल उनीहरु खाना बनाउँछन् र बेडमुनि आफ्नो सामान राख्छन् ।

संसारभरका यौ नकर्मीहरुले अभिभावकको रुपमा भेदभाव र क’लंकको सामना गर्नुपर्छ । सरकार र समाजको नैतिक दबाबका कारण केही देशमा उनीहरुले आफ्ना बच्चाको हक पनि छोड्नुपर्छ

यही कारण बालबालिकाको चित्रमा घरको तस्वीर छैन । यी बालबालिकाको घर छैन । यी बालबालिकाका आमाहरु यौ’नकर्मीको रुपमा काम गर्छन् तर आफ्ना छोराछोरीलाई स्कुल पठाउँछन् ताकि यो द’लदलबाट बाहिर निस्कन सकुन् । यी परिवारमा आमाहरु छन्, उनका छोराछोरी छन् र बढीमा ती गैरसरकारी संस्थाका कर्मचारीहरु जो बच्चाहरुको रेखदेख गर्छन् । पिताको उल्लेख कतै हुँदैन । यौ’नकर्मीहरु सधैं आफ्नो क्षमतामा बाँच्नेमा जोड दिन्छन् किनकि उनीहरुको नजरमा सबै पुरुष दु’र्व्यवहार, विश्वासघा’त र शो’षण गर्छन् ।

आइभिएफबाट बच्चा जन्माउनेहरु, धर्मपुत्र–पुत्री लिनेहरु र सम्बन्ध’विच्छे’द वा कुनै कारणले श्रीमानसँग छुट्टिएपछि एक्लै बस्ने आमाहरु सिंगल मदर हुन्छन् तर उनीहरुको तुलनामा यौ’नकर्मीहरुलाई धेरै कठिनाइको सामना गर्नुपर्ने हुन्छ । एक त उनीहरु रेडलाइट एरियामा बस्नुपर्छ । त्यहाँको असुरक्षित वातावरण र घरको अभावको साथसाथै उनीहरुले क’लंक पनि झेल्नुपर्छ । संसारभरका यौ नकर्मीहरुले अभिभावकको रुपमा भेदभाव र क’लंकको सामना गर्नुपर्छ । सरकार र समाजको नैतिक दबाबका कारण केही देशमा उनीहरुले आफ्ना बच्चाको हक पनि छोड्नुपर्छ ।

बेलाबेलामा यो पनि भनिन्छ कि यौ नकर्मी राम्रो अभिभावकको भूमिकामा फिट हुन सक्दैनन् । यस्तो धारणा बनाइएको छ । यी धारणाका कारण उनीहरुको कामको कुनै गरिमा छैन र यौ नकर्मीहरुसँग नैतिकताको कुरा गरिन्छ । मिताली (बदलिएको नाम) भन्छिन् कि कोठामा उनको केवल एउटा बेड छ र त्यो बेडमुनिको ठाउँ छ । पुरानो भवन छ जसका सिढीहरु भ’त्किएका छन् र भित्ताहरु पनि जर्जर छन् ।

मिताली कमाठीपुरामा १५ वर्षअघि आएकी थिइन् । पतिको मृ’त्युपछि उनी पश्चिम बंगाल आफ्नो आमाको घर गएकी थिइन् ताकि आफ्ना २ बच्चालाई पाल्न सकुन् तर उनका मातापिता निकै गरिब थिए । मिताली भन्छिन् ‘उहाँहरु यति गरिब हुनुहुन्थ्यो कि हामीलाई खानै पुग्दैनथ्यो ।’ उनलाई एक परिचितको माध्यमबाट कमाठीपुरा ल्याइएको थियो । ती परिचितले उनलाई घरेलु कामदारको काम पाइने बताएका थिए । तर, अरुजस्तै उनी पनि रेडलाइट एरियामा पुगिन् ।

उनी भन्छिन् ‘म आफ्नो छोराको लागि जे गर्न सक्छु त्यो गरिरहेकी छु । म पनि आमा हुँ र आफ्ना सन्तानलाई सबैभन्दा राम्रो सुविधा दिन चाहन्छु ।’

त्यसपछि उनले गाउँबाट छोरी र छोरालाई पनि लिएर आइन् त्यसपछि उनीहरुलाई विभिन्न गैर सरकारी संस्थाको डे केयर सेन्टर र नगरपालिका स्कुलको तेस्रो तलामा चलिरहेको नाइट केयर सेन्टरमा भर्ना गरिन् । बच्चाहरु आमाकहाँ दुई पटक जान पाउँछन् । पहिलो पटक बिहान, नाइट शेल्टरमा नुहाइधुवाइ र ब्रेकफास्टपछि स्कुल जाने क्रममा ।

मिताली बिहान ५ बजे बिउँझिन्छिन् र आफ्ना छोराको लागि टिफिन तयार पार्छिन् । छोरा १२ वर्षका भइसकेका छन् र एक स्कुलमा पढ्छन् । त्यसपछि मिताली सुत्छिन् र दिउँसो उठेर छोराको लागि खाना बनाउँछिन् । छोरा ४ बजेतिर स्कुलबाट फर्किन्छन् र खाना खाएर नाइट शेल्टर जान्छन् । त्यसपछि मिताली आफ्नो कामको लागि तयार हुन्छिन् । उनी भन्छिन् ‘म आफ्नो छोराको लागि जे गर्न सक्छु त्यो गरिरहेकी छु । म पनि आमा हुँ र आफ्ना सन्तानलाई सबैभन्दा राम्रो सुविधा दिन चाहन्छु ।’

तर, रे’डलाइट एरियामा आफ्नै किसिमका कठिनाइहरु छन् । बच्चाहरुलाई पहिले लाग्छ कि अरु बच्चाहरुका जस्तै उनकी आमा पनि कामकाजी हुन् । पछि उनीहरुले आमाको कामको बारेमा थाहा पाउँछन् । तर यो स्थिति बदल्न सकिँदैन । मिताली भन्छिन् ‘घरको रुपमा हामीसँग यही छ र मेरा बच्चाहरु नै मेरा परिवार हुन् ।’ पहिले जब कमाठीपुरा र फकल्याण्ड रोडमा नाइट शेल्टर हुँदैनथे त्यतिबेला यी आमाहरु आफ्ना बच्चाहरुलाई बेड वा दराजपछाडि लुकाउँथे । या उनीहरुलाई बाहिर सिढीमा पठाउँथे ताकि उनीहरुले कामको बारे थाहा नपाउन् ।

मितालीकी छोरी पनि यो क्षेत्रमा केही वर्ष बसिन् त्यसपछि उनलाई मितालीका मातापिताले लिएर गए । उनको बिहे भइसकेको छ । मितालीका अनुसार यहाँ छोरीलाई राख्न निकै कठिन थियो । अब वर्षमा एकपटक मिताली आफ्नो गाउँ जान्छिन् र आफ्नी छोरीसँग भेट्छिन् । छोरा भने मितालीसँगै बस्छन् । मिताली भन्छिन् ‘मसँग केवल एउटा सानो बेड छ तर यो मेरो लागि घरजस्तै छ । मानिसहरुलाई फुटपाथमा बस्नुपर्छ । यस्तोमा यो घर त छ । हामी त्यसैले यसलाई घर भन्छौं । मेरो छोरालाई थाहा छ कि उसलाई दिन र रात आश्रयमा बिताउनुपर्छ तर उसलाई यो पनि थाहा छ कि म उसको घर हुँ ।’

सत्य यो हो कि यौ’नकर्मीका बच्चाहरुलाई स्कुल र समाजमा धेरै भे’दभावको सामना गर्नुपर्छ किनकि यौ’नकर्मीको कामलाई लिएर समाजमा मनोमानी ढंगले फैसला गरिन्छ ।

मितालीले यो सब बताइरहँदा उनको आवाजमा उदासी प्रस्ट देखिन्छ । पहिले त केही सम्हालिएर बोल्छिन् किनकि वर्षौंको विश्वासघातले उनलाई हरेक कुराको उद्देश्यका विषयमा सन्देह गर्न सिकाएको छ । यद्यपि पछि उनी आफ्नो निराशा र एक्लोपनको बारेमा कुरा गर्छिन् । यो यस्तो कहानी हो जो यहाँ हरेकको हो र हरेकले आफ्नो कुरा जोड्दै जान्छन् । यिनीहरु यस्तो ठाउँमा बस्छन् जहाँ उनीहरु आमा भएकोमा प्रश्न उठ्न थाल्छन् ।

कुनै दिन उनीहरु आफ्ना छोरालाई चौपाटी लिएर जान्छन् । छोराको जन्मदिनको लागि उनीहरु पैसा जम्मा गर्छन् ताकि उसलाई नयाँ कपडा दिलाउन सकुन् र केही पकेट खर्च पनि दिन सकुन् । मिताली भन्छिन् ‘हामी बर्थडे पार्टी त मनाउँदैनौं तर यतिसम्म गर्छु । मेरो आफ्नो जीवन त बर्बाद भइसकेको छ तर म चाहन्छु कि छोराले जागिर पाओस् र आफ्नो दममा पाओस् ।’ उनले अन्य यौ नकर्मीले जस्तै कोठीमा ‘पिंजरा’ भाडामा लिनुपर्छ । एक पटक प्रयोगको लागि २० रुपैयाँ तिर्नुपर्छ । कमाठीपुरामा पर्दाले छेकिएका बेडलाई ‘पिंजरा’ भनिन्छ । मितालीका अनुसार उनको कोठामा भएको बेडमा कोही आउन चाहँदैन त्यसैले ‘पिंजरा’ भाडामा लिनुपर्छ ।

धेरै महिलाहरु फरक–फरक कारणले एक्लै बस्छन् जसमा सही पार्टनर नपाउनु, स्वतन्त्रताको लागि, आफ्नो इच्छाको लागि वा विवाहपछि हुने ति’रस्कारबाट बच्ने आदि कारणहरु छन् । यसको विपरित यौ’नकर्मीहरुसँग सम्बन्धित तथ्यांकका अनुसार उनीहरु मान्छन् कि पुरुष उनीहरुको शो’षण र ति’रस्कार गर्छन् । यही कारण उनीहरु एक्लै बस्न मन पराउँछन् । सत्य यो हो कि यौ’नकर्मीका बच्चाहरुलाई स्कुल र समाजमा धेरै भे’दभावको सामना गर्नुपर्छ किनकि यौ’नकर्मीको कामलाई लिएर समाजमा मनोमानी ढंगले फैसला गरिन्छ । सांकेतिक तस्बिर

बीबीसी हिन्दीबाट अनुवादित

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७