मनोरञ्जन

बलिउडका यी ९ सेलिब्रिटी: जसको भयो निकै महँगो ‘सम्बन्धविच्छेद’

बलिउडका यी ९ सेलिब्रिटी: जसको भयो निकै महँगो ‘सम्बन्धविच्छेद’

फिल्म स्टारको ब्यक्तीगत जीवन पनि सबैको लागि चासो र चर्चाको बिषय हुन्छ । कतिपय सेलिब्रिटीका बैवाहिक जीवन निकै चर्चामा हुन्छ ।केही सेलिब्रेटी विवाहमा जसरी करोडौं रकम खर्च गरे त्यसरी नै सम्बन्धवि च्छेदका लागि पनि करोडौं रकम खर्च गर्नुपर्यो ।

बलिउडका १० महँगा डि’भोर्स

ऋतिक रोशन र सुजैन खानः

ऋतिक रोशन र सुजैन खानको सम्बन्धवि’च्छेद भारतमा मात्रै नभई संसारकै महँगो सम्बन्धवि’च्छेदमध्येको एकमा गनिन्छ । यी दुईको विवाह सन् २००० मा भएको थियो । सुजैनले एलिमनीको रुपमा चार सय करोड भारु माग गरेको बताइन्छ तर उनलाई ३८० करोड भारु दिइएको थियो ।

करिष्मा कपुर र सञ्जय कपुरः

कनै समयकी चर्चित नायिका करिष्मा कपुरले विवाह गरेको ११ वर्षपछि सन् २०१६ मा सम्बन्धवि च्छेद गरेकी थिइन् । सम्बन्धवि च्छेदका लागि उनी र उनका श्रीमान् सञ्जयबीच १४ करोडको सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

फरहान अख्चर र अधुनाः

फरहान र अधुनाको जोडीले विवाहको १६ वर्षपछि अलग्गिने निर्णय गरेका थिए । सम्बन्धवि’च्छेदपछि अधुनाले मुम्बईमा रहेको बंगला आफ्नो नाममा राखिदिन माग गरेकी थिइन् । यसबाहेक फरहानकी छोरीको हेरविचारका लागि हरेक महिना मोटो रकम प्रदान गर्ने सहमति पनि भएको थियो ।

सैफ अली खान र अमृता सिंहः

१३ वर्ष जेठी अमृतासँग विवाह गरेको १३ वर्षपछि सैफले सम्बन्धवि’च्छेद गरे । एक अन्तरवार्ताको क्रममा सैफले सम्बन्धवि’च्छेदका क्रममा ५ करोड भारुको एलिमनी निश्चित गरिएको जसमध्ये २.५ करोड आफूले दिइसकेको बताएका थिए । साथै उनले आफ्ना सन्तानको हेरविचारका लागि हरेक महिना १ लाख भारु पनि अमृतालाई दिने गरेको बताएका थिए ।

सञ्जय दत्त र रिया पिल्लईः

रिया पिल्लई सञ्जयकी दोस्री श्रीमती थिइन् । सञ्जयले सम्बन्ध’वि’च्छेद भइसकेपछि पनि निकै लामो समयसम्म रियाको खर्च उठाउने गरेको बताइन्छ । क्षतीपूर्तीको रुपमा उनले रियालाई कति पैसा दिए त्यसबारे आधिकारिक खुलासा त गरिएन तर खबरलाई विश्वास गर्ने हो भने सञ्जयले ४ करोड र महँगो कार दिएका थिए ।

लिएन्डर पेस र रिया पिल्लईः

सञ्जय दत्त संग सम्बन्धवि च्छेद गरेपछि रियाले टेनिस खेलाडी लिएन्डर पेससँग विवाह गरेकी थिइन् तर यी दुईको सम्बन्ध पनि टिक्न सकेन जसका कारण उनीहरुको सम्बन्धवि च्छेद भयो । रियाले क्षतीपूर्ती स्वरुप हरेक महिना चार लाख भारुको माग गरेको बताइन्छ ।

आदित्य चोपडा र पायल खन्नाः

बलिउड फिल्म निर्माता तथा नायिका रानी मुखर्जीका श्रीमान् आदित्य चोपडाले आफ्नी श्रीमती पायलसँग सम्बन्धवि च्छेद गर्नका लागि ५० करोड भारु प्रदान गरेका थिए ।

आमिर खान र रिना दत्ताः

आमिर खानले आफ्ना अभिभावकको मर्जी बिना सन् १९८६ मा रिना दत्तासँग विवाह गरेका थिए तर सन् २००२ मा यो जोडीको सम्बन्धवि च्छेद भयो । आमिरले क्षतिपूर्तीको रुपमा ५० करोड भारु रिनालाई दिएका थिए ।

अरबाज खान र मलाइका अरोडाः

कुनै बेला बलिउडका सबैभन्दा हट जोडीमध्ये एक मानिने अरबाज खान र मलाइका अरोडाको सम्बन्धवि च्छेदको खबरले पनि थुप्रैलाई चकित बनाएको थियो । मलाइकाले क्षतिपूर्तीको रुपमा १५ करोड भारु माग गरेकी थिइन् ।
नवभारत टाइम्सको सहयोगमा

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७