राजनीति

यस्तो बन्दै छ भैंसेपाटीमा अत्याधुनिक मन्त्री निवास

यस्तो बन्दै छ भैंसेपाटीमा अत्याधुनिक मन्त्री निवास

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री बसन्तकुमार नेम्बाङले बन्दै गरेको मन्त्री निवासको निरीक्षण गर्नु भएको छ। सहरी विकास मन्त्रालय अन्तर्गत सैबु भैंसेपाटीमा निर्माण भइरहेको संघीय मन्त्री निवासको शनिबार स्थलगत अनुगमन निरीक्षण गरेका हुन्।

स्थलगत अनुगमनपछि मन्त्री नेम्बाङले सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक, आयोजना प्रमुख र निर्माण कम्पनीलाई तोकिएकै समयमा आयोजना सम्पन्न गर्न निर्देशन दिए।

लकडाउनका कारण तीन महिना काममा गतिरोध भएपनि अब निर्माण क्षेत्रलाई सामान्य रुपमै अघि बढाउनु पर्नेमा जोड दिए।
उनले भौतिक पूर्वाधार निर्माणका क्षेत्रलाई सरकारले सामान्य रुपमै अघि बढाउने निर्णय गरिसकेकाले निर्माण सामग्री ढुवानी तथा कामदार व्यवस्थापनमा कुनै समस्या नहुने बताए।

संघीय मन्त्री निवासको कुल लागत १ अर्ब ३ करोड ४६ लाख ६८ हजार ४ सय ३७ रुपैयाँ प्रदेश प्रमुख र मुख्यमन्त्री कार्यालयको कुल लागत ७२ करोड ४७ लाख ९४ हजार ८ सय ३४ रुपैयाँ ६५ पैसा (भ्याटसहित)

मन्त्री निवासको गतसाल असोजमा प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए। दुई भागमा निर्माण भइरहेको निवास क्षेत्रको कुल क्षेत्रफल १ सय २४ रोपनी ६ आना रहेको छ। पहिलो ९६ रोपनी १० आनामा २४ ब्लक मन्त्री निवास, एक राष्ट्रियसभा अध्यक्ष निवास, एक राष्ट्रियसभा उपाध्यक्ष निवास र एक प्रतिनिधिसभाका उपसभामुख गरी २७ ब्लक रहनेछन्।

दोस्रो २७ रोपनी १२ आना क्षेत्रफलमा प्रदेशप्रमुख र मुख्यमन्त्रीको सम्पर्क कार्यालय रहनेछ। यहाँ सातवटा ब्लक रहेको छ। प्रत्येक ब्लकमा दुईवटा इकाई रहनेछन्। एउटा प्रदेश प्रमुख र अर्को मुख्यमन्त्रीको लागि हुनेछ। सबै भवन साडे दुई तलाका बन्नेछन्।

संघीय मन्त्री निवासको कुल लागत १ अर्ब ३ करोड ४६ लाख ६८ हजार ४ सय ३७ रुपैयाँ (भ्याटसहित) रहेको छ। यस योजना निर्माणको ठेक्का स्रिको हनुमान जेभीले पाएको छ। त्यस्तै प्रदेश प्रमुख र मुख्यमन्त्री कार्यालयको कुल लागत ७२ करोड ४७ लाख ९४ हजार ८ सय ३४ रुपैयाँ ६५ पैसा (भ्याटसहित) रहेको छ। यसको निर्माण ठेक्का केसी समानान्तर जेभीले पाएको छ। अन्नपुर्णमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७