मनोरञ्जन

बिहे गरेको २ वर्षमै ‘विधवा’ बनेकी अभिनेत्री मेघनाको भावुक स्टाटस

बिहे गरेको २ वर्षमै ‘विधवा’ बनेकी अभिनेत्री मेघनाको भावुक स्टाटस

अचानक नि’धन भएका अभिनेता चिरञ्जिवी सरजाकी श्रीमती मेघना राजले निकै भावुक पोस्ट शेयर गरेकी छिन्। चिरञ्जिवीको का’र्डियक अ’रेस्टका कारण ३९ वर्षको उमेरमा ७ जूनमा निधन भएको थियो। मेघनाले आफ्ना श्रीमानलाई आफू पुनः जीवनका लागि कोसिस गरेको उल्लेख गरेकी छिन्।

उनले लेखेकी छिन्, ‘चिरु, मैले पुनः कोसिस गरेकी छु तर आफ्ना भावनालाई शब्दमार्फत् पोख्न सकिरहेकी छैन। तपाईं मेरो लागि को र के हो भनेर अर्थ्याउन संसारभरीका शब्द असमर्थ छन्। मेरो साथी, मेरो प्रेमी, मेरो बच्चा, मेरो विश्वासपात्र, मेरो श्रीमान्। यी सबैभन्दा माथि तपाईं मेरो आत्माको एउटा हिस्सा हुनुहुन्छ, चिरु।’

उनी थप्छिन्, जब सोच्छु- ‘तपाईंलाई यो घरमा म अब कहिल्यै देख्न पाउँदिनँ र कहिल्यै छुन पाउँदिन भनेर तब अत्यन्त पी डा महशुस हुन्छ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७