मुख्य समाचार

६ महिनाअघि पतिको गुमाएकी सुस्मिताको रहस्यमय मृत्यु

६ महिनाअघि पतिको गुमाएकी सुस्मिताको रहस्यमय मृत्यु

हेटौंडा उपमहानगरपालिका–४ की २२ वर्षीया सुस्मिता थापाको ह त्या नै भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । २ असारमा थापाको भान्सा कोठामा मृ तावस्थामा श’व फेला परेसँगै यो घट’ना रहस्यमय बन्दै आएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख सुशील सिंह राठौरका अनुसार थापाको श’व भान्छामा वि’भत्स अवस्थामा भेटिनुले ह त्या भएको आशंकामा अनुसन्धान भइरहेको छ । अनुसन्धानमा खटिएका एक प्रहरीका अनुसार थापाको तड्पाइ–तड्पाइ ह त्या गरिएको हुनसक्छ ।

मृ’तक थापाको टाउकोमा ग’म्भीर चो’ट, आँखा फु’टाइएको र घाँटी, हातमा निलोडा’म देखिएको घटनास्थल पुगेका प्रहरीहरुको भनाइ छ ।

सोही दिन घरमै रहेका ससुरा र नन्दले घटनाबारे थाहा नभएको प्रहरीसमक्ष बताएका छन् । घटनामा ससुरा र नन्दको भूमिका शं’कास्पद देखिएपछि प्रहरीले अनुसन्धानका लागि उनीहरुलाई नियन्त्रणमा लिएको छ । बिहीबार मृ’तककी ससुरा ५८ वर्षीय प्रकाश थापा र ‘मृतककी नन्द २३ वर्षकी सीता थापालाई पक्राउ गरी ज्यानसम्बन्धी कसुर मु’द्दामा अनुसन्धान भइरहेको छ ।

एक वर्षअघि सुस्मिताको हेटौंडा घर भएका रुपेन्द्र थापासँग विवाह भयो । कपिलवस्तु जिल्लाको बाणगंगा माइती भएकी सुस्मिता र रुपेन्द्रले सँगै बाँच्ने सँगै मर्ने कसम खाएर विवाह गरेका थिए । उनीहरुबीच कहिले नराम्रो भएन । गत मंसिरमा उनीहरु मोटरसाइकलमा कपिलवस्तु गए । रुपेन्द्र पनि एकरात ससुरालीमा बसे र, भोलिपल्ट श्रीमती सुस्मितलाई छाडेर हेटौंडा घर फर्किए ।

घर फर्किने क्रममा नवलपरासी दाउन्नेमा रुपेन्द्रले चलाएको मोटरसाइकल ट्रकसँग ठो क्किएर उनको ज्यान गयो । त्यसयता सुस्मितालाई ससुराले कहिले राम्रो सोचेनन् । सधैँ नराम्रो सोच्दै गाली गर्ने गरेको छिमेकीहरु बताउँछन् । त्यसपछि सुस्मिता प्रायः माइतमै बस्दै आएकी थिइन् ।

लकडाउन हुनुभन्दा ३,४ दिनअघि मात्र सुस्मिता हेटौंडाबाट कपिलवस्तु माइत गएकी थिइन् । पतीको मृ त्यु भएको ६ महिना पुग्दै थियो । लकडाउनकै समयमा ६ महिनाको ‘बराखी छ, के–के चढाउन पर्छ, बत्ति बाल्न पर्छ’ भनेर सुस्मितालाई हेटौंडाबाट बोलाए ।

हेटौंडा आएकै दिन सुस्मितालाई घरमा अनेकथरी भनेर गाली गरिएको थियो । त्यसपछि सुस्मिताले माइतमा आमासँग राति १० बजेतिर अनलाइनमा कुरा गरेर चाँडै लिन आउनु भनेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

सुस्मिताको आमा भन्छिन्, ‘के थाहा त्यही दिन उसको अन्तिम दिन हुनसक्छ भनेर । यस्तो हुन्छ भन्नी थाहा पाएको भए केही न केही गरिन्थ्यो होला ।’ अन्ततः सोही दिन राति १२ बजेतिर सुस्मिताको ज्यान गयो ।

सवारी दुर्घटनामा ज्या न गु माएका श्रीमान रुपेन्द्रको दुर्घ टना बीमा र जीवन बीमाको ठूलो रकम सुस्मितालाई आउँदै थियो । उक्त रकमकै लागि परिवारकै सदस्यहरूबाट ह त्या भएको आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७