अन्तर्राष्ट्रिय

जीम हल खोल्न माग गर्दै सडकमा बडी बिल्डर

जीम हल खोल्न माग गर्दै सडकमा बडी बिल्डर

विश्वभर कोरोनाभा’इरसको सं’क्रमण बढेसँगै विश्वका धेरै मुलुकले लकडाउन, सामाजिक दुरी कायम राख्न, मास्क, पटक पटक हात धुन तथा स्यानिटाइजर प्रयोग गर्न अनुरोध गरेका छन्।

तर पछिल्लो समय भने विश्वका हरेक मुलुकहरुले लकडाउनलाई खुकुलो गरेका कारण जन जीवन विस्तारै सामान्य बन्दै आएको छ। तर, अझै पनि थुप्रै स्थानहरूमा प्रतिबन्ध लगाइएको छ। प्रतिबन्ध लगाइएको ठाउँहरु मध्ये एउटा ठाउँ हो जीम खाना । यसरी जीम खानालाई पनि खोलिनु पर्ने भनेर पाकिस्तानका जीम प्रशिक्षक, जीम खानाका साहु देखि फिट्नेस प्रेमीहरु सडकमा ओर्लिएका छन्।

पाकिस्तानकी पत्रकार नायला इनायतले सडकमा ओर्लिएका पाकिस्तानी बडी बिल्डरहरुको तस्बिर सामाजिक संजालमा सार्वजनिक गरेसँगै विश्वभर उक्त तस्बिर भाइरल बनेको छ। उक्त तस्बिरमा बडी बिल्डरहरुले माथिको कपडा फुकालेर सडकमा ओर्लिए। भने, सडकमा उनीहरुले बडी बिल्डिंगका विभिन्न पोज समेत प्रदर्शन गरेका थिए।

पछिल्लो समय पाकिस्तानमा को’रोना सं क्रमण हुनेको संख्या एक लाख ६५ हजार ६२ पुगेको छ भने मृ’त्यु हुनेको संख्या तिन हजार २ सय बढी छ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७