विचित्र संसार

यी चर्चित व्यापारीः जो भारत-चीन युद्धका कारण आजसम्म अविवाहित छन्

यी चर्चित व्यापारीः जो भारत-चीन युद्धका कारण आजसम्म अविवाहित छन्

भारत र चीनबीच सीमा क्षेत्रमा उत्पन्न त’नावका कारण दुई देशबीच स’मस्या श्रृजना भएको छ । यसअघि सन् १९६२ मा पनि यस्तै घट’ना भएको थियो । अचानक त्यसबेला पनि यसरी नै दुई देशबीचको सम्बन्धमा समस्या उत्पन्न
भइ यु’द्ध नै भएको थियो ।

उक्त समयमा भारतका चर्चित व्यापारी रतन टाटाको विवाह त्यसै समयमा हुनेवाला थियो । हालै उनले दिएको एक अन्तर्वार्तामा भारत र चीनबीच १९६२ को यु’द्धका कारण आफ्नो विवाह रोकिएको रोचक र दुखद प्रसंग उठाएका छन् ।

उनी त्यसबेला अमेरिकाको लस एन्जलसमा थिए र एक चिनियाँ युवतीसँग उनी प्रेम सम्बन्धमा थिए । उनीहरु दुवै जना विवाहको तयारीमा रहेपनि भारत र चीनबीच अचानक सुरु भएको यु’द्धले उनीहरुको विवाह अघि बढ्न सकेन ।

रतन टाटाले अन्तर्वार्ताका क्रममा भनेका छन् – ‘म लस एन्जलसमा थिए र प्रेममा परेको थिएँ । हाम्रो विवाह करिब निश्चित थियो । त्यसबेला नै मैले आफ्नो बि’रामी हजुरआमाको हेरचाहका लागि केही समयका लागि भारत आउने निधो गरे । मैले विवाह गर्न लागेकी प्रेमिकालाई पनि सँगै ल्याउने मन थियो । तर भारत र चीनबीच १९६२ मा यु’द्धका कारण उसको परिवारले उनलाई भारत पठाउन मानेन । त्यसपछि हाम्रो सम्बन्ध समाप्त भयो ।’

त्यसपछि उनले कहिल्यै बिवाह नै गरेनन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७