पत्रपत्रिकाबाट

समाजसेवी बिसीको हर्कतः विरामी भेट्न गाडी मिलाए बापत याैनसम्पर्कको माग (म्यासेजसहित)

समाजसेवी बिसीको हर्कतः विरामी भेट्न गाडी मिलाए बापत याैनसम्पर्कको माग (म्यासेजसहित)

भैरहवा जाने एम्बुलेन्स मिलाए बापत आफुलाई यौ न संप र्क गर्न दिनुपर्ने नत्र नछोड्ने ध म्की

अर्घाखाँची जिल्लामा एक विवाहित युवतीले समाजसेवी सहयोगी बिसीले आफु माथि यौ न दु र्व्यवहारको प्रयास गरेको गम्भिर आ रोप लगाएकी छिन् । जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ८ अर्घाको बेल्टारी आपखोलाकी २७ वर्षिया समित्रा (नाम परिवर्तन) ले मालारानी गाउँपालिका वार्ड नम्बर ५ बाँगीको बास्टारी घर भई सन्धिखर्कमा बस्ने समाजसेवी सहयोगी बिसीमाथि यौ न दुर्व्य वहारको प्रयास गरेको भन्दै गम्भिर आ रोप लगाएकी हुन् ।

बुधवार अर्घाखाँचीबाट भैरहवा हस्पिटलमा वि रामी दिदीलाई भेटन् बिसीलाई गाडी मिलाइदिन अनुरोध गरेकी र भैरहवा जाने एम्बुलेन्स मिलाए बापत आफुलाई यौ न संप र्क गर्न दिनुपर्ने नत्र नछोड्ने भनी ध म्की दिएकाे युवतीले बताएकि छन् ।

स्थानीय अनलाइन अर्घाखाँची डट कमले सार्बजनिक गरेका ती युवतीले बिसिसँग गरेकाे केही म्यासेन्जरका अंशः

को हुन् सहयोगी बिसी ?

आफूलाई समाजसेवी भन्ने सहयोगी बिसी राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान अर्घाखाँचीका पूर्वअध्यक्ष हुन् । उनि अर्घाखाँची जिल्लामा राजनीतिक नेतृत्व र प्रशाशनमा राम्रो पहुँच बनाएका व्यक्ति हुन् । कलाकार, पत्रकार, समाजसेवी तथा नेता बताउने उनि यसघि पनि वि वादमा तानिएका थिए । तर पहुँचका आधारमा उनले आफूलाई लाग्दै आएका अरोफहरू सामसुम पारेका थिए ।

सहयोगी बिसीको बिषयमा हामीले जिल्लामा बुझ्न खोज्दा केहि पत्रकार र नेताले यो काण्ड मिडियामा नलेख्न आग्रह गरे । किन बचाउन खोजेको भन्ने हाम्रो प्रश्नमा केहि व्यक्तिले आफ्नै साथी भएकाले उनलाई अफ्ठ्यारो पर्न नहुने तर्क गरे भने केहिले प्रलोभन समेत देखाए ।

बिहिबार देखि यो काण्ड सामसुम पार्न दुवै पक्षबीच पैसामा मोलमोलाई भैरहेको अर्घाखाँचीकै एक समाजसेवीले नाम नलेख्ने सर्तमा बता

अर्घाखाँचीकै एक पत्रकारका अनुसार सहयोगी बिसीका यस्ता धेरै काण्ड भएको तर बिचमै गुपचुप पारेर बाहिर नआएको बताउँछन । उनका अनुसार कतिपय महिलालाई त बिसीले सदरमुकामबाट घरसम्म छोड्ने भन्दै मोटरसाइकलमा राखेर लगेर ज बर्जस्ति गर्न खोजेका सम्म घटना भएको उनि बताउछन । त्यतिमात्र होइन आफूलाई निकै समाजसेवी बताउने उनले सहयोग गरेकै कतिपयलाई ठाडै प्रस्ताव गर्नेगरेको घटना समेत छन् ।

त्यतिमात्र होइन रेडियोको तालिममा आउने कतिपय प्रतिक्षार्थीलाई समेत उनले अनेक प्रलोभन देखाएर शा रीरिक स म्पर्क प्रस्ताव राख्ने गरेको समेत खुलेको छ । अर्घाखाँचीकै एक जनप्रतिनिधिका अनुसार बिसीका यस्ता धेरै काण्ड छन् जो बताउन पनि लायक छैनन् ।

अर्घाखाँचीको राजनीति र प्रसाशनसंग निकै निकट रहेका उनले द वावमा यो घट ना लुकाउन हर प्रयास गरेको बुझिएको छ । यो काण्ड सार्वजनिक भएपछि उनले फेक आइडीबाट कसैले बदनाम गर्न खोजेको बताउंदै आएका छन् । बिहिबार देखि यो काण्ड सामसुम पार्न दुवै पक्षबीच पैसामा मोलमोलाई भैरहेको अर्घाखाँचीकै एक समाजसेवीले नाम नलेख्ने सर्तमा बताए ।

तर बिसीले भने शुक्रबार सामाजिक संजालमार्फत फेक आइडी बनाएर आफ्नो चरित्र ह त्या गर्न खोजेको बताएका छन् । फेसबुकमार्फत सार्वजनिक गरिएको उनको स्पष्टिकरण बनावटी लाग्ने खालको छ । उनको फेक आइडी बनेको भन्दै सार्वजनिक गरिएको आइडी पनि खोज्दा भेटिंदैन । यो खबर नेपाल साचार पत्रमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७