पल शाह, सागर लम्साल र रियाशा दाहालले अभिनय गरेको एक म्यूजिक भिडियो सार्वजनिक भएको छ । लकडाउन केही खुकुलो भएपछि भौतिक दुरी कायम गरि यो भिडियो निर्माण गरिएको हो ।
‘ए है माया’ बोलको गीतकोमा पल, बले, रियाशासँगै पछिल्लो समय स्व- नायक श्री कृष्णको न-क्कली अभिनयका रूपमा चर्चामा रहेका सुधिर श्रेष्ठलाई हेर्न सकिन्छ । दीपक शर्माको संगीत रहेको यो गीतमा सरोज ओली र मेलिना राइको स्वर, सरोजकै शब्द छ ।
विक्रम स्वारको कोरियोग्राफीमा तयार भएको भिडियोमा नवराज उप्रेतीको छायांकन छ