मनोरञ्जन

क्युट निरिशा, ‘हट’ निरिशा [१२ तस्वीर]

क्युट निरिशा, ‘हट’ निरिशा [१२ तस्वीर]

अभिनेत्री निरिषा बस्नेत यतिबेला चर्चामा छिन् । मुम्बईमा हिन्दी धारावाहिकहरूमा समेत अभिनय गरिसकेकी यी अभिनेत्रीलाइ कोरोना भाइरस भएपछि उनको चर्चा भएको हो  ।

‘जानी नजानी’फेम अभिनेत्री निरिशा अभिनित उक्त चलचित्रले औसत व्यवसाय गरे पनि निरिषाको अभिनयले भने सबैलाई प्रभावित बनायो । पुराना चलचित्रकर्मी विश्व बस्नेतकी यी छोरीले पहिलो नेपाली चलचित्रबाटै प्रशस्त सम्भावना देखाएकी छिन् । चलचित्रमा उनले यति प्रभावकारी अभिनय गरेकी छिन् कि चलचित्र हेरेर फर्किने दर्शकहरूको आँखामा निरिषाको अनुहार तथा भूमिका स्मरणमा रहिरहनेछ ।

निरिशाले ‘जानी नजानी’बाट नेपाली फिल्ममा डेब्यू गरेकी थिइन् । उक्त फिल्मले बक्स अफिसमा खासै सुखद् व्यापार गर्न सकेन ।

अभिनयमा रुचि भएका कारणले नै फिल्म क्षेत्रमा आउन चाहेको बताउने निरिशा पछिल्लो समय भने खासै फिल्ममा देखिएकी छैनिन् ।बलिउड छोडेर नेपालमा आफ्नो करिअरको खोजी गरिरहेकी निरिशाका केही सुन्दर तस्वीर-

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७