मनोरञ्जन

सुशान्तको निधनपछि आलियाको ‘आलोचना’- इन्स्टाग्राममा ९ लाख फलोअर्स घटे

सुशान्तको निधनपछि आलियाको ‘आलोचना’- इन्स्टाग्राममा ९ लाख फलोअर्स घटे

बलिउड नायक सुशान्त सिंह राजपुतको निधनसँगै ‘परिवारवाद’को बिषय निकै च र्किएको छ । योसँगै बलिउडमा ‘परिवारवाद’को पछि लाग्ने र राम्रा कलाकारलाई अवसर नदिने भन्दै केही निर्माता र कलाकारलाई दर्शकले बहिष्कारको चुनौती दिएका कुरा सामाजिक संजालमा निकै उठिरहेको छ ।

यो बिषयमा सलमान खान करण जोहर आलिया भट्ट सहित थुप्रै ब्यक्ती निशानामा परेका छन् । यो मु द्दामा नायिका आलिया भट्टको सबैभन्दा धेरै आलोचना भैरहेको छ । सामाजिक संजाल इन्स्टाग्राममा आलियालाई अनफलो गर्नेको लहर नै चलेको छ । आलियाको इन्स्टाग्राममा ४ करोड ८९ लाखको हारहारीमा फलोअर्स थिए । तर, सुशान्तको निधन भएसँगै उनको फलोअर्स अहिले ४ करोड ८० लाख पुगेका छन् । उनलाई इन्स्टाग्राममा अलफलो गर्ने लहर नै चलेको छ ।

आलियाले सुशान्तलाई अन्तिम श्रद्धा ञ्जली दिदै पोष्ट गरेको एक तस्वीरमा ३ लाख ७४ हजार भन्दा बढी प्रतिक्रिया आएको छ । जहाँ, उनलाई गा लीको बर्षा नै भएको छ।

अधिकांशले बलिउडमा ‘परिवारवाद’लाई महत्व दिएको भन्दै आलियाको चर्को आ लोचना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७