मनोरञ्जन

सुशान्तको मृत्युको बिषयमा सलमान र करणसहित ८ जनाविरूद्ध ‘मुद्दा’

सुशान्तको मृत्युको बिषयमा सलमान र करणसहित ८ जनाविरूद्ध ‘मुद्दा’

बलिउड अभिनेता सलमान खान, निर्माता तथा निर्देशकहरू करन जोहर, एकता कपुर तथा सञ्जयलीला भन्साली सहित आठ जना विरूद्ध फौजदारी मु द्दा परेको छ।

टाइम्स अफ इन्डियाका अनुसार बुधबार एक वकिलले उनीहरूलाई अभिनेता सुशान्तसिंह राजपुतको मृ त्युको कारण भन्दै बिहार अदालतमा मु द्दा दायर गरेक छन् ।

वकिल सुधिर कुमार ओझाले सलमान, करनसहित आठ जनाका विरूद्ध मु द्दा दायर गरेका हुन्। अदालतले आगामी जुलाई ३ को सुनुवाइ मिति दिएको छ।

ओझाले दायर गरेको मु द्दामा आदित्य चोपडा, साजिद नाडियडवाला, भुषण कुमार र निर्देशक दिनेशको पनि नाम छ। टाइम्स अफ इन्डियाका अनुसार यी आठ व्यक्तिले सुशान्तका फिल्म रिलिज हुन बाधा पैदा गरेको र यिनीहरूकै कारण सुशान्तलाई फिल्मी कार्यक्रमहरूमा पनि बोलाउन छाडिएको मु द्दामा उल्लेख छ। वकिल ओझाकाले साक्षीको सूचीमा अभिनेत्री कंगना रनावतको नाम राखेका छन्।

भिनेता सुशान्तसिंहले यही आइतबार मुम्बईस्थित आफ्नै फ्ल्याटमा आ त्मह त्या गरेका थिए। उनी लामो समयदेखि डिप्रे सनमा रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७