समाचार

युवाहरूले गरे झण्डै ५०० विद्यार्थी र मजदूरलाई सहयोग

युवाहरूले गरे झण्डै ५०० विद्यार्थी र मजदूरलाई सहयोग

काठमाडाैँमा केहि युवा र हाम्रो टिम नेपाल मिलेर विद्यार्थी र मजदूरलाई बिभिन्न सहयोग गरेका छन् । उनिहरूले काडमाडाैँ कलंकीमा करिब ५०० विद्यार्थी र मजदूरलाई खानेकुरा तथा स्वास्थ्य सामाग्री सहयोग गरेका हुन् ।

युवाहरूको सहभागितामा ७०० थान मास्क, ५० कार्टुन पानी, ४०० पिस बिस्कुट र ६ थान सेनिटाइजर बितरण गरिएको हो। काठमाडाैँबाट गाँउ जान हिडेका खत्याड गाँउपालिका, मुगुका विद्यार्थी र मजदूरलाई पानि परिरहेको अवस्थामा रातको १० बजे उक्त सहयोग गरिएको कार्यक्रमको संयोजन गरेका अनिल बाँनियाले हिमालय दैनिकलाई बताए ।

मुगु घर भइ काठमाडाैँ कपन बस्ने अनिल बाँनियाको संयोजनमा हाम्रो टिम नेपाल, साथै संखुप्रसाद जैँसी, वेद रेग्मी, अनिल डंगोल, समिर श्रेष्ठ, सरोज सुनार, साओन मगर, दिपक बाँनिया, मनोज शाही, बिष्णुदत्त आचार्य, उपेन्द्र बाँनिाय, बिदाक्ष्मी आचार्य, धर्मेन्द्र बुढा लगायतका युवाहरू मिलेर सहयोग गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७