मुख्य समाचार

कोरोनाभाइरसबाट ‘ज्यान जोगाउने औषधि’ भेटियो

कोरोनाभाइरसबाट ‘ज्यान जोगाउने औषधि’ भेटियो

बीबीसी– एउटा सस्तो र आम रूपमा पाइने डेक्सामेथासोन नामक औ षधिले कोरोनाभाइ रसका कारण गम्भीर बिरामी भएका व्यक्तिहरूको जीवन जोगाउन मद्दत गर्ने यूकेका विज्ञहरूले बताएका छन्।

कम मात्रामा दिइने उक्त स्टेरोइड औष धिलाई हालसम्म घा तक देखिएको कोरोनाभाइ रसको लडा इँमा उल्लेख्य उपलब्धी मानिएको छ। यसले भेन्टीलेटरमा राखिएका बिरामी आठमा एक जना र अक्सिजन दिइएका २५ मा एक जनाको जीवन जोगाउने देखिएको छ।

कोरोनाभाइरसको जारी उपचार विधिबारे विश्वभरि गरिएका ठूला परीक्षणहरूको यो औ षधि पनि एउटा हिस्सा रहेको थियो।अनुसन्धानकर्ताहरूले यदी उक्त औ षधि सुरू देखि युकेमा पाइएको भए ५ हजार जीवन जोगिने थियो भनी उल्लेख गरेका छन्।

यो औ षधिको मूल्य पनि सस्तो रहेको र यसले उच्च सङ्ख्यामा कोभिड-१९ का बिरामीहरू देखिएका गरिब देशहरूलाई ठूलो राहत दिनसक्ने ठानिएको छ।

पुरानो औषधि
बीबीसीका स्वास्थ्य संवाददाता फर्गुस वाल्स भन्छन् मृ त्युदर घटाउन सहयोगी हुने प्रमाणित औ षधि नयाँ होइन र यो खासै महँगो छैन। पुरानो र सस्तो खालको स्टेरोइड हो।

उनी भन्छन् यो खुसी मनाउनुपर्ने विषय हो किनभने संसारभरका मानिसहरूले तत्कालै लाभ पाउँछन्। डेक्सामेथासोनलाई सन् १९६० देखि नै दम देखि रूमटोइड आर्थ्राइटिसको उपचारका लागि प्रयोग गर्ने गरिएको छ।

गरिब देशलाई लाभ
कोभिड-१९ को सङ्क्र मण देखापरेपछि भेन्टिलेटरमा राख्नुपरेका आधा बिरामीहरूको ज्यान गइरहेको वर्तमान सन्दर्भमा उक्त जो खिमलाई एक तिहाइले घटाउनुलाई ठूलो उपलब्धी मानिएको छ।

सघन कक्षमा राखिएका व्यक्तिहरूलाई नसामार्फत उक्त औ षधि दिने गरिन्छ भने कम गम्भीर बिरामीहरूलाई चक्कीका रूपमा दिने गरिन्छ।

अहिलेसम्म यो बाहेक इबोला भा इरस नियन्त्रणका लागि बिरामीहरूलाई दिइएको रेम्डेसिभिर नामक औ षधिले कोभिड-१९ का बिरामीहरूलाई फाइदा पुर्‍याउने देखिएको छ।

त्यसले कोभिड-१९ को लक्षण रहने अवधिलाई १५ दिनबाट घटाएर ११ मा झार्ने देखिन्छ तर त्यसबाट मृ त्युदर घटेको या नघटेको बलियो प्रमाण भने देखिएको थिएन।

त्यसमाथि डेक्सामेथासोनको विपरीत रेम्डेसिभिर नयाँ औ षधि हो र यसको आपूर्ति सीमित अनि मूल्य पनि तोकिन बाँकी थियो।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७