अन्तर्राष्ट्रिय

भारत-चीनका सेनाबीच भि’डन्त: तीन भारतीय सैनिकको मृत्यु

भारत-चीनका सेनाबीच भि’डन्त: तीन भारतीय सैनिकको मृत्यु

केही समययता लद्दाखको गलवान क्षेत्रमा चिनियाँ सेना प्रवेश गरेकाले वि’वाद

भारतीय र चिनियाँ सैनिकबीच लद्दाखको विकट गलवान उपत्यकामा सङ्घर्ष भएको भारत सरकारले पुष्टि गरेको छ। भारत सरकारका अनुसार भारतीय सैनिकहरू सीमाबाट पछि हट्दा उक्त घ’टना भएको हो।

बीबीसी हिन्दीका अनुसार भारतीय सेनाले भारत-चीन सीमामा सोमवार राति भि’डन्त हुँदा एक वरिष्ठ सैन्य अधिकारी र दुई सैनिकको मृ’त्यु भएको पुष्टि गरेको छ।

सेनाका अनुसार दुई देशका वरिष्ठ सैन्य अधिकारीहरू वि’वाद समाधान गर्न वार्ता गर्दैछन्। केही समययता लद्दाखको गलवान क्षेत्रमा चिनियाँ सेना प्रवेश गरेकाले वि’वाद बढेको भारतीय पक्षको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७