मनोरञ्जन

सन्नी लियोनीलाई पछि पार्दै नेपाली हिरोइन अदिती बुढाथोकी (फोटो फिचर)

सन्नी लियोनीलाई पछि पार्दै नेपाली हिरोइन अदिती बुढाथोकी (फोटो फिचर)

अनमोल केसीसँग स्क्रिन शेयर गर्दै अभिनयमा डेब्यु गरेकी अदिती बुढाथोकीको पहिलो चलचित्र ‘कृ’हाे । उक्त चलचित्रबाट नेपाली सिनेमा जगतमा निकै चर्चा चुलियाे । पछिल्लाे समयमा पनि बलिउडमा संघर्ष गरिरहेकि छिन् । यसैक्रममा उनको चर्चा भारतीय मिडियामा समेत हुन थालेका छन् ।

केहि पहिला ‘एबिपी न्युज’ नामक एक भारतीय अनलाइन मिडियाले उनको नाम सन्नी लियोनीसँग जोड्दै चर्चा गरेको थियाे ।
एबिपीले ‘सन्नी लियोनी जस्तो बोल्ड हिरोइनलाई पनि माथ दिदै नेपाली हिरोइन’ भन्ने शीर्षकमा समाचार बनाउदै अदितीको चर्चा गरेको हाे । ‘बलिउडमा हट र बोल्ड हिरोइनको कमी छैन । सन्नी लियोनी जस्ता कयौ हिरोइनले बलिउडमा आगो लगाएका छन्’ समाचारमा भनिएको छ ‘ हामी त्यो हिरोइनको चर्चा गर्दै छौ ।

जसले बलिउडको हिरोइनलाई पनि पछि पार्दैछिन् । ति हुन् नेपाली हिरोइन अदिती बुढाथोकी,’ समाचारमा जोडिएको छ । उनको तस्बिरले इस्टाग्राममा आगो लगाएको बताउदै एबिपीले अदितीलाई सन्नी लियोनी भन्दा पनि हट बताएको छ । अदितीका केही तस्बिर केहि पहिला इस्टाग्राममा भाइरल समेत भए ।

अदितीले इस्टाग्राममा बलिउड कलाकार दीपिका पादुकोण, अक्षय कुमार र ऋतिक रोशनलाई फलो गरिरहेको समेत मिडियाले जनाएका थिए । इस्टाग्राममा अदितीका पनि तीन लाख बढि फ्लोअर्स छन् ।

को हुन् अदिती ?

अदितीको जन्म झापा, दमकमा भएको हो । फेसन डिजाईनर पुष्पा बुढाथोकीकी छोरी २४ बर्षीय अदिती मुम्बईमा बस्दै आएकी छिन् । भारतमा मोडलिङ गर्दै आएकी अदितीले केहि भारतीय म्युजिक भिडियोमा समेत काम गरिसकेकी छिन् । केहि समय अगाडी मात्रै उनको एक पन्जाबी म्युजिक भिडियो सार्वजनिक भएको थियो ।

अदिती ५ फिट ५ ईन्च अग्ली छिन् । सामाजिक संजालमा निकै चर्चित अदितीलाई ‘ड्रिम्स’ चलचित्र समेत अफर गरिएको थियो । त्यतिबेला चलचित्र नगरेकी अदिती ‘कृ’ मा भने अभिनय कला देखाइन् । अदितीले ६ वर्षअघि एउटा म्यागजिनको आवरण तस्बिर खिचाएर ग्ल्यामरको क्षेत्रमा प्रवेश गरेकी हुन् ।

हेराै सामाजिक संञ्जालमा भाइरल भएका केहि तस्बिरः

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७