मनोरञ्जन

३५ बर्षमा पनि उस्तै छ नम्रताकाे सुन्दरता, हेराैँ १५ तस्विर

३५ बर्षमा पनि उस्तै छ नम्रताकाे सुन्दरता, हेराैँ १५ तस्विर

नम्रता श्रेष्ठ नेपाली चलचित्र क्षेत्रकी एक चर्चित मोडल र अभिनेत्री हुन् । उनले सानो संसार, मेरो एउटा साथी छ, छड्के लगायतका चलचित्रमा अभिनय गरेकी छन् । उनि नेपाली चलचित्र जगतमा आउनु भन्दा पुर्व मोडलिङ तथा थिएटरमा लागेकी थिइन् ।

चलचित्र ‘सानो संसार’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका नम्रता श्रेष्ठ पछिल्लो रिलिज चलचित्र ‘जाइरा’सम्म आइपुग्दा दर्शकको मानसपटलमा छुट्टै छाप बनाउन सफल छिन् ।

उनले अभिनय गरेका ‘मेरो एउटा साथी छ, नोभेम्बर रेन, क्लासिक, प्रसाद’ लगायतका चलचित्रले बिषेस छाप छोड्न सफल छन् । उनको सुन्दरताको त सदा तारिफ भइरहन्छ ।

उनै सुन्दरी नायिका श्रेष्ठ हिजाे आफ्नो ३५ औं जन्मदिन मनाउँदैछिन् । नम्रतालाइ चलचित्र क्षेत्रका चलचित्रकर्मी र दर्शकले भने सामाजिक संजालबाट शुभकामना दिइरहेका छन् ।

नम्रता अभिनित चलचित्रको व्यापारमा उतारचढाव आएपनि उनको लोकप्रियतामा भने गिरावट आएको छैन । सामाजिक संजालमा उनलाई पछ्याउनेहरुको संख्या पनि लोभलाग्दो छ । प्रेम सम्बन्धलाई खुलेर व्यक्त गर्ने कारण पनि उनको चर्चा प्राय चलिरहन्छ । उनै नम्रता उमेरले ३५ बर्ष पुग्दा पनि उनकाे सुन्दरतामा केही खाेट देखिएकाे छैन ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७