समाचार

पहिरो आउने दिन दिपा कुश्मा आउने तयारीमा थिईन तर छोरासंगै अस्ताइन्

पहिरो आउने दिन दिपा कुश्मा आउने तयारीमा थिईन तर छोरासंगै अस्ताइन्

कुश्मा- लकडाउनको अवधिमा माईती घर वस्न गएकी दिपाले अका लमा ज्या न गू माउन पूगिन । कुश्मा नगरपालिका वाड नं. ३ दुर्लुङमा शनिवार वेलुका गएको पहिरोले दिपा संगै उनका वावा तुल वहादूर थापा,आमा मीनकुमारी थापा,छोरा विवेक थापाले नै ज्या न गू माउन पूगे ।

उनी संगै भतिजहरु सम्राट र विदिषा थापाको पनि ज्या न ग यो । उनि संगै छिमेकी कमला विक र उनकी ८ वर्षीया छोरी जेनिशाले पनि ज्या न गुमा इन् । कमलाका १२ वर्षीय छोरा जेनिश बे पत्ता छन् । उनका श्रीमान् विकास विक वैदेशिक रोजगारीका क्रममा साउदीमा छन् ।

वाग्लुङको जैमिनी नगरपालिका पैयूथन्थाप घर भएता पनि छोरा पढाउनका लागी उनी कूश्मा वजारको ओमशान्तिटोलमा कोठा भाडामा लिएर आमा छोरा वस्दै आएका थिए । छोरा आदर्श अंग्रेजी आवाशयि मा विमा १० कक्षामा अध्ययन गरि एसईईको तयारीमा रहेका थिए ।

उनका श्रीमान भने वैदेशिक रोजगारीमा दूवै रहेका छन् । विदेशवाट लामो वसाई पछि छुट्टी आएर पून छोराको भविश्यका लागी भन्दै उनि विदेश लागेका थिए । पोखरा घडेरी समेत किनेका उनि छोराको उच्च शिक्षा अध्ययन गराउनका लागी पोखरा वसाई वनाउने तयारीमा रहेका थिए ।

ओमशन्ति टोलमा वसेर टोलका हरेक कृयाकलापमा सकृय रहने दिपा पहिरो आउने दिन कूश्मा कोठामा आउने तयारीमा रहिछन् तर दैवको खेल त्यो दिन आज ढिला भयो भोलि जाउला भनेर वसेको उनका छिमेकीहरुले वताए । उक्त दिन नै उनि सदाका लागी कूश्मा कोठामा नआउने भईन । छोरा विवेक आपनो जन्मघर पैयूथन्थाप वसेर १ महिना पछि कूश्मा कोठमा आई ईन्टरनेटको अवधि सकिएकाले रिचार्ज गरेर २,३ दिन कुश्मा वसेका थिए ।

गाउंमा नेटको पहूच नहुने भएकाले अव कुश्मा कोठामा नै वस्ने साथीहरुलाई वताएका थिए । तर आम दिपा थापाले छोरा धेरै दिन भयो मामा घर आउ २,३ दिन वसेर कुश्मा झरौला भनि वोलाएर छोरा दुर्लुङ्ग मामाघर गएका थिए । माईतीघरमा नै छोरा सहित दिपाले आपनो ज्यान गुमाईन ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७