मनोरञ्जन

आज नम्रताको जन्मदिनः कति बर्षमा लागिन् उनि ?

आज नम्रताको जन्मदिनः कति बर्षमा लागिन् उनि ?

चलचित्र ‘सानो संसार’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका नम्रता श्रेष्ठ पछिल्लो रिलिज चलचित्र ‘जाइरा’सम्म आइपुग्दा दर्शकको मानसपटलमा छुट्टै छाप बनाउन सफल छिन् ।

उनले अभिनय गरेका ‘मेरो एउटा साथी छ, नोभेम्बर रेन, क्लासिक, प्रसाद’ लगायतका चलचित्रले बिषेस छाप छोड्न सफल छन् । उनको सुन्दरताको त सदा तारिफ भइरहन्छ ।

उनै सुन्दरी नायिका श्रेष्ठ आज आफ्नो ३५ औं जन्मदिन मनाउँदैछिन् । नम्रतालाइ चलचित्र क्षेत्रका चलचित्रकर्मी र दर्शकले भने सामाजिक संजालबाट शुभकामना दिइरहेका छन् ।

नम्रता अभिनित चलचित्रको व्यापारमा उतारचढाव आएपनि उनको लोकप्रियतामा भने गिरावट आएको छैन । सामाजिक संजालमा उनलाई पछ्याउनेहरुको संख्या पनि लोभलाग्दो छ ।

प्रेम सम्बन्धलाई खुलेर व्यक्त गर्ने कारण पनि उनको चर्चा प्राय चलिरहन्छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७