मुख्य समाचार

पर्वतमा पहिरोः ३ जनाको ‘शब’ भेटियो, ६ जना ‘बेपत्ता’

पर्वतमा पहिरोः ३ जनाको ‘शब’ भेटियो, ६ जना ‘बेपत्ता’

पर्वतको कुश्मा नगरपालिका वडा नं. ३ स्थित ढकाल थर भन्ने स्थानमा शनिबार राति पहिरो गएको छ । शनिबार साँझ गएको पहिरोमा ३ जनाको श’ब भेटिएको छ । सााँझ करिब २ घण्टा सम्म परेको मुसलधारे बर्षापछि आएको पहिरोमा पु’रिएको अवस्थामा अन्दाजी ६० बर्षिय तुलबहादुर थापा, उहाँकी श्रीमती र नातिनीको श’ब फेला परेको हो ।

स्थानियबासी र सुरक्षाकर्मीले खोजी गर्ने क्रममा तीन जनाको श’ब फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक बुद्धि सुबेदीले जानकारी दि । पहिरोमा तुलबहादुर थापाको परिवारका थप ३ जना स्थानिय कमला बिकको परिवारका पनि ३ जना ह’राइरहेका छन । उनीहरुको खोजी कार्य भैरहेको प्रहरी निरीक्षक सुबेदीले बताए ।

कुस्मा नगरपालिका वडा न ३ का वडा अध्यक्ष तेजप्रसाद पाध्याका अनुसार साँझ ६ बजे देखि झण्डै दुई घण्टा आएको मुसलधारे पानी पछि पहिरो गएको हो । बर्षाका कारण गाउँमा धेरै क्ष’ति भएको र थप बर्षा भएमा पहिरो नजिकका आधा दर्जन घर जो’खिममा छन ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७