विशेष सामाग्री

ए भारत ! अब कालापानीबाट भारतीय सेना हटाऊ

ए  भारत ! अब कालापानीबाट भारतीय सेना हटाऊ

काठमाडौं । प्रतिनिधिसभाले ऐतिहासिक एवं अभूतपूर्व एकताका साथ शनिबार संविधानको अनुसूची ३ संशोधन गरेर औपचारिकरुपमा कालापानीदेखि लिम्पियाधुरासम्मको नेपाली भूभागलाई आफ्नो नक्शामा समेटेको छ ।

यो ऐतिहासिक क्षणमा शनिबार बसेको चार घण्टा लामो संसद बैठकमा सबै राजनीतिक दलहरुमा ऐक्यवद्धता र राष्ट्रिय एकता देखियो ।

तर संसदमा बैठकमा सत्तारुढ दलका नेताहरु अझै पनि भारतसँग खुट्टा कमाइरहेका पो छन् कि भनेजस्तो देखियो । नेताहरुमा अझै पनि भारतप्रति लघुताभाष नै देखियो ।

नेताहरुले भारतसँग वार्ता-वार्ता भन्नेमा जोड दिए । तर, लिम्पियाधुरासम्मको भूभाग नेपालको संविधानमा समेटिएका कारण अब कालापानीबाट सेना हटाइयोस् भनेर कुनै पनि नेताले संसदमा बोल्ने आँट गरेनन् ।

अब भारत वार्तामा आएन र नेपाललाई यसैगरी हे-पिराख्यो भने यसको दीर्घकालीन समाधान कसरी खोज्ने ? र, त्यसबाट भारतलाई के-कस्तो घाटा हुनेछ भन्ने विश्लेषण पनि कुनै नेताहबाट सुनिएन ।

तर अब सबैले भन्न जरूरी छ ए भारत, ए माोदी अब कालापानीबाट भारतीय सेना हटाऊ किनकी यो भूमी हाम्रो हो, नेपालको हो ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७