राजनीति

यी १५ सांसदः जो महत्वपुर्ण संविधान संशोधनमा अनुपस्थित रहे

यी १५ सांसदः जो महत्वपुर्ण संविधान संशोधनमा अनुपस्थित रहे

कुल सांसद २७५ सांसद छन् । २५८ सांसदले संशोधनको पक्षमा मतदान गर्दा विपक्षमा शून्य मत

शनिबार नेपालको बुच्चे नक्सा परिवर्तन भएको संविधान संशोधनमा १५ जना सांसद अनुपस्थित भएका छन् । संविधान संशोधनको पक्षमा प्रतिनिधिसभामा उपस्थित २५८ सांसदले मतदान गर्दा १५ सांसद अनुपस्थित भएका हुन् । प्रतिनिधि सभामा कुल सांसद २७५ सांसद छन् । २५८ सांसदले संशोधनको पक्षमा मतदान गर्दा विपक्षमा शून्य मत देखियो ।

संविधान संशोधनमा अमृतादेवी अग्रहरी,गोपालबहादुर बम, दुलारीदेवी खत्वेनी, धनबहादुर बुढा नागेन्द्रकुमार चौधरी, प्रमोद साह,शिवकुमार मण्डलसरिता गिरी, सूर्यनारायणण यादव, सूर्यबहादुर केसी, हरिबोल गजुरेल र ज्ञानकुमारी छन्त्याल अनुपस्थित रहे ।

प्रतिनिधिसभामा नि-लम्बित सांसद विजयकुमार गच्छदार, मो. आफताव आलम, हरिनारायण रौनियाररेशम चौधरी भने उपस्थित हुन पाएनन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७