समाचार

विरोध प्रदर्शनको समयप्रति मनिषाको असहमती

विरोध प्रदर्शनको समयप्रति मनिषाको असहमती

मनिषा कोइरालाले सरकारविरुद्ध युवाहरुले गरिरहेको प्रदर्शनको समय माथि प्रश्न उठाएकी छन् । कम्तिमा आजको दिन सरकारलाई सडकबाट दवाव दिनु उचित नभएको उनको भनाइ छ ।

नेपालको संसदले आज देशको नयाँ नक्शालाई आधिकारिकता दिने गरी संविधान संसोधन गर्दैछ । त्यसैले आजको दिनमा सरकारविरोधि प्रदर्शन गर्नु उपयुक्त नहुने भन्दै मनिषाले असन्तुष्टी व्यक्त गरेकी हुन् ।

टि्वटरमा मनिषाले लेखेकी छन्, ”प्रदर्शनको टाइमिङ निश्चितरुपमा प्रश्न उठाउन योग्य छ । मैले सँधै महसुस गरेकी छु कि सरकार पारदर्शी हुनुपर्छ । तर, यसले अहिले यति ठूलो कदम चाल्न लागिरहेको छ । प्रदर्शनमा किन यसलाई समर्थन थोरै मात्रै मिलिरहेको छ ? आजकै दिन कि उनीहरु सरकारमाथि दवाव दिइरहेका छन् ?’

केही दिनअघि मन्त्रीपरिषदले नेपालको नयाँ नक्शा पारित गर्दा पनि मनिषाले त्यसको समर्थनमा टि्वट गरेकी थिइन् । उक्त टि्वटलाई लिएर भारतीय मिडिया देखि लिएर सामाजिक सञ्जालमा उनीमाथि तथानाम गाली गरेका थिए ।

हाल मनिषा परिवारसहित भारतबाट नेपाल फर्केर एउटा होटल क्वारेन्टाइनमा छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७