मनोरञ्जन

पलले सुरु गरे म्यूजिक भिडियोको काम, रियाशासँग जोडी

पलले सुरु गरे म्यूजिक भिडियोको काम, रियाशासँग जोडी

सरकारले लक डाउनलाई केही खुकुलो बनाएपनि चलचित्र, म्यूजिक भिडियोको छायांकन लगायतको कामलाई भने अनुमती दिइसकेको छैन ।लक डाउनको समयमा केही म्यूजिक भिडियो, छोटा चलचित्र निर्माण भएपनि ती घर भित्रै निर्माण भएका थिए ।

लक डाउन खुकुलो भएसँगै म्यूजिक भिडियो छायांकनको काम भने सुरु भैसकेको छ । नेपाली चलचित्रका चर्चित नायक पल शाह पनि म्यूजिक भिडियोको अभिनयमा ब्यस्त हुन थालेका छन् ।

सरोज वली र मेलिना राइको स्वरमा समावेश ‘ए है माया’ बोलको गीतको छायांकन भैरहेको छ । यो भिडियोमा पलसँगै सागर लम्साल, रियाशा दाहाल, सुदिर श्रेष्ठ लगायतको अभिनय छ । विक्रम सुवाँरले यो भिडियोको निर्देशन गरिरहेका छन् ।

‘हामीले सामाजिक दुरी कायम गरेर काम गरिरहेका छौ । अरु समयमा ३०–४० जनाको टिम भएपनि, अहिले हामीले ७ जनाको मात्र टिम राखेर काम गरिरहेको र छायांकन पनि खेतमा भैरहेको’ गायक वलीले बताए ।

उनले, अब यही शैलीमा काम गर्नुको विकल्प नभएको पनि बताए । उनी भन्छन्–‘अब काम गर्ने तरिका पनि यस्तै हो । ठूलो टिम बनाएर काम गर्न गाह्रो हुन्छ । यसरी काम त गर्नैपर्छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७