विचित्र संसार

५० हजार वर्ष पुरानो भारतीय तलाउ, जब गु’लाबी रंगमा बदलियो…

५० हजार वर्ष पुरानो भारतीय तलाउ, जब गु’लाबी रंगमा बदलियो…

‘लोनार लेक’अचानक गु’लाबी रंगमा बदलिएको हो । जुन लेक ५० हजार वर्ष पुरानो भएको बताइन्छ

नयाँदिल्ली : भारतको महाराष्ट्रस्थित एउटा तलाउको पानी अचा-नक गु’लाबी रंगमा बदलिएपछि स्थानीयहरु दंग परेका छन् ।

मुम्बइबाट ३ सय माइल पूर्वतिर पर्ने ‘लोनार लेक’अचानक गु’लाबी रंगमा बदलिएको हो । जुन लेक ५० हजार वर्ष पुरानो भएको बताइन्छ । पछिल्लो केही सातादेखि यहाँ रंग बदलिन थालेको स्थानीय बताउँछन् ।

मिडिया र सामाजिक सञ्जालमा समेत यो तालको तस्बिर र भिडिओ अहिले भाइरल

हरियो रंगमा रहेको उक्त तलाउको पानी पछिल्लो समय अ-चानक गु’लाबी बनेको हो । साथै सुख्खा मौसमका कारण ताल पनि सुक्दै गएको देखिन्छ । यो पुरानो र पर्यटकीय रुपमा आकर्षक तालको यस्तो अवस्थापछि वैज्ञानिकहरु पनि अचम्मित भएका छन् ।

उनीहरुले यसबारे अनुसन्धान गर्न थालेका छन् । हालै वैज्ञानिकले केही पानी संकलन गरेर खोजी सुरु गरेका हुन् ।भारतभर मिडिया र सामाजिक सञ्जालमा समेत यो तालको तस्बिर र भिडिओ अहिले भाइरल बनेको छ । अन्नपुर्ण पोष्टबाट

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७