अन्तर्राष्ट्रिय

सबैभन्दा खुशी देशः जहाँ छ युवा सुन्दरीहरुको सरकार [८ तस्बिर]

सबैभन्दा खुशी देशः जहाँ छ युवा सुन्दरीहरुको सरकार [८ तस्बिर]

कोरोनाले विश्व थिलथिल बनेको छ । यस्तो अवस्थामा पनि युरोपको देश फिनल्याण्ड यो वर्षपनि सबैभन्दा खुशी राष्ट्र बनेको छ । पछिल्लो तीन वर्षदेखि ऊ विश्वको सबैभन्दा धेरै खुशी देशको रूपमा स्थान बनाउन सफल छ ।

त्यो भन्दा पनि रोचक कुरा त जहाँ विश्वकै सबैभन्दा युवा सुन्दरीहरूको बाहुल्य रहेको मन्त्रीमण्डल समेत छ । यो बिषयले संसारभर निकै चर्चा समेत पाइरहेको छ ।

जहाँ ३४ वर्षिया सान्ना मरिन प्रधानमन्त्री छिन् । त्यसैगरी ३२ वर्षकी लि एण्डरसन शिक्षामन्त्री भने अर्थमन्त्री कट्री
कुलमुनी पनि भर्खर ३२ वर्षकी मात्र हुन् । त्यस्तै अर्की सुन्दरी ३४ वर्षकी मारिया ओहिसलोले गृह मन्त्रालय चलाउँछिन् !

यस्तो अवसर विश्वका थोरै मुलुकले बिरलै पाउने गर्छन् । फिनल्याण्डको मन्तृमण्डलमा प्रधानमन्त्रीदेखि निकै महत्वपूर्ण मानिने गृह, अर्थ र शिक्षा मन्त्रालयको नेतृत्व नै भर्खरका सुन्दरीहरूले गर्नु रोचक संयोग त हो नै हाम्रो जस्तो मुलुकमा अहिलेको अवस्था हेर्दा असम्भव जस्तै पनि हो ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७